होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आलुमा डढुवाको प्रकोप देखिएपछि ढुसीनाशक विषादी छर्किदै
समाचार

आलुमा डढुवाको प्रकोप देखिएपछि ढुसीनाशक विषादी छर्किदै

  • नागरिक रैबार
आलुमा डढुवाको प्रकोप देखिएपछि ढुसीनाशक विषादी छर्किदै

नागरिक रैबार/बाजुरा २८ बैशाख। बडीमालिका नगरपालिका वडा ८ र ९ को गठखेत, बाउली, चौराटीखेत, राप्का लगायत आसपासका क्षेत्रमा किसानले लगाएका आलुमा डढुवा रोगको प्रकोप देखिएपछि आलुमा ढुसीनाशक विषादि छर्किन थालेको छ ।

लगातारको वर्षा संगै आएको असिनाले किसानले लगाएका आलुमा व्यापक रुपमा डढुवा रोगको प्रकोप देखिएपछि आलुलाई डढुवा रोगको प्रकोपबाट जोगाउनका लागि कृषि ज्ञान केन्द्र बाजुराको स्प्रे र विषाधि सहयोग तथा बडीमालिका नगरपालिका कृषि विकास शाखाको प्राविधिक सहयोगमा बडीमालिका नगरपालिकाका उक्त स्थानहरुका आलुमा ढुसीनाशक नामक विषादी छर्किन थालिएको हो ।

विज्ञापन

बडीमालिका नगरपालिकाको आसपास क्षेत्रमा यस वर्ष हिउँदे सिजनमा करिव ३० हेक्टर क्षेत्रफल जमिनमा आलुखेति गरिएको छ । आलु खेति गरिएका सवै ठाउँमा डढुवा रोगले आलुललाई सखाप पारेको बडीमालिका नगरपालिका कृषि शाखाका कृषि प्राविधिक मानबहादुर रावलले बताएका छन् । उनले भने यस वर्ष अत्याधिक वर्षा भएकै कारण किसानले लगाएका आलुमा डढुवा रोगको प्रकोपका कारण समस्या भएको हो ।

डढुवा रोग लागेपछि यसवर्ष किसानलाई आलु जोगाउन धौ–धौ भएको छ भने मेहनत गरेजति आलु उत्पादन नहुने देखेपछि कृषकहरु चिन्तित् भएका छन् ।’ डढुवाका कारण फूल फुल्न नपाउँदै आलु सखाप हुन थालेको किसानहरुको भनाइ छ ।

डढुवाले आलुको डाँठ समेत सुकेर मरेको किसानले बताएका छन् । डढुवाले आलु सखाप हुन थालेपछि गणखेतका कतिपय किसानले समय नपुग्दै आलु खनेर भित्र्याईसकेको पाइएको छ । उत्पादन भइसकेको आलुे लगातारको वर्षाकै कारण जमिनमुनि माटोभित्रै कुहिन थालेको किसानहरुले बताउका छन् ।

यस वर्ष मौषम प्रतिकुल भएकै कारण जिल्लाको गौमुल, बडीमालिका, बुढीगंगा नगरपालिका लगायतका क्षेत्रमा डढुवा रोगको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय निः प्रमुख गोविन्द सिजापतिले बताएका छन् । उनले भने डढुवा रोगले आलुलाई पुरै सखाप पार्ने भएकाले बडीमालिका नगरपालिकामा अभियाननै चलाएर स्प्रे गरेका हाँै ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार