होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका- १ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्महत्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३० बजेतिर ताकु र गुल्जर जोड्ने सुङर भिरबाट हाम फालेर आत्महत्या गरेका हुन् । राजेन्द्रले एक हप्ता पहिले छिमेकी गाउँकी ललितासँग दोस्रो बिहे गरेका थिए।राजेन्द्रकी जेठी श्रीमती […]
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जनताको स्वास्थ भन्दा ठूलो कुरा केही नभएको बताउनु भएको छ । मन्त्री शाहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पूरा तयारीका साथ युद्ध स्तरमा होमिएको बताए । लक डाउनले जनता लाई दुख भए पनि यसको विकल्प नभएको बताउनु भयो । प्रवासमा रहने नेपाली […]
रामबहादुर वि.क./ बाजुरा ७ बैशाख। त्रिवेणी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर साँउदले सेवाबाट राजिनामा दिएका छन् ।संकटको बेलामा नगरपालिकाले राहत वितरण गर्दा प्रशासनिक रुपमा कार्यकारी प्रमुखको सल्लाह विपरीत जनप्रतिनिधीहरले मनोमानी गरेको भन्दै साँउदले राजिनामा दिएको बताएका छन् । यद्यपी साँउदले आफ्नो स्वच्छिक अवकास लिने समय आउन ३÷४ महिना मात्र बाँकि रहेका बेला नगरपालिकामा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले महामारीले रुप लिन नसक्ने बताएका छन् । संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएको उनले बताए । राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री […]
काठमाडौं । के नेपालमा चार महिना अघि नै कोरोनाभाइरसको संक्रमण भित्रिएको थियो ? जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिको सार अनुसार नेपालमा चार महिना अघि नै कोरोना संक्रमण भित्रिएको बुझ्न सकिन्छ । जतिबेला चीनको ऊहानमा बल्ल कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै थियो, त्यस लगत्तै नेपालमा धुमधामका साथ भ्रमण वर्ष मनाइँदै थियो । सन् २०२० […]
काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
काठमाडौं : भातरमा लकडाउनको अवधि ३ मे सम्ममा लागि बढाइएको छ । भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन बढाउने निर्णय गरेका हुन् । विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने । […]
काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले बिहान देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिकदेखि सामान्य बदली […]
धनगढी: कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट पनि जारी छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार आइतबारसम्म सुदूरपश्चिममा दुई हजार दुई सय ३१ जनाको र्यापिड टेष्ट गरिएकोमा सोमबार थप ७८ जनाको र्यापिड टेस्ट गरिएको छ। यो संगै प्रदेशका नौँ जिल्लाका विभिन्न क्वारेन्टाईमा रहेका दुई हजार तीन सय ९ जनाको […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बाजुरा जिल्लाका विभिन्न स्थानहरुमा रहेका १ सय ४५ जनाको स्वाव संकलन गरेर काठमाण्डौ लगिएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरु सवै जनाको स्वाव संकलन गरेर काठमाण्डौं लगिएको हो । जिल्लाको स्वामीकार्तिक गाउँपालिकाबाट ९० जना, बडीमालिका नगरपालिका स्थित सदरमुकाम मार्तडीबाट ३५ जना र बुढीगंगा नगरपालिकाको टाँटेबाट २० जना गरी १ […]
नागरिक रैबार/बाजुरा १ बैशाख। बडीमालिका नगरपालिका वडा नं. ९ का २० जना एकल महिलालाई दाउरा सहयोग गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ बाउली स्थित घामताप्नेमा रहेको थ्रि ए.पि.एस आरामिल उद्योगले वडा भित्रका २० जना एकल महिलालाई दाउरा सहयोग गरेको हो । विश्वभर कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले पटक पटक लकडाउनको समयावधि थप्दै […]
बैशाख १, कैलाली । नयाँ बर्ष २०७७ सालको उपलक्ष्यमा नेपाल फोटो पत्रकार महासंघ कैलालीले भिडियो कल मार्फत सोमबार शुभकामना आदान प्रदान गरेको छ । महासंघका अध्यक्ष पाण्डव पुजाराले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपाल लकडाउनमा भएका बेला घरमै बसी प्रबिधिको प्रयोग गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान संगै कोरोना भाईरस नियन्त्रणका […]
कमिला सार्की/बाजुरा १ बैशाख। हिमाली गाउँपालिका वडा नं. ७ का समाजसेवी दीपचन्द्र उपाध्यायले गाउँका १ सय ७४ परिवारलाई तेल सहयोग गरेका छन् । बिश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण गर्न सरकारले लकडाउनको समययावधी बढाउँदै गएपछि स्थानीयहरु समस्यामा परेका कारण उनीहरुलाई तेल वितरण गरिएको उपाध्यायले बताएका छन् । सरकारले जारी गरेको लगडाउनका कारण पसल बन्द […]
१ वैशाख, धनगढी । कैलालीको लम्की चुहामा एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए । अनलाइनखबरबाट
२०७६ साल नेपाली अर्थतन्त्रका लागि औसत रह्यो। वर्षको अन्त्यतिर कोरोना संक्रमण महामारीको रूपमा विश्वव्यापी हुनु अघिसम्म नेपालको अर्थतन्त्र न उत्साहप्रद रह्यो, न निरास नै हुनुपर्ने अवस्था थियो। वर्षको सुरुवात प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जथाभावी खर्चको मुद्दा प्रधान थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँदर धपाउने, मकै गोड्नेजस्ता काममा सत्ताका आसेपासे पोस्न सार्वजनिक स्रोतको दोहन भएकाले वित्तीय अनुशासन प्राथमिकतामा […]
नागरिक रैबार/बाजुरा ३० चैत्र। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाईते हुनेमा सोही गाउँपालिकाकाको वडा नं. १ मेलतोलाकी अन्दाजि ३२ वर्षिया विश्ना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । उहाँका अनुसार आईतबार विहान गाउँ नजिकैको जंगलमा गाईवस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेर […]
भाटभटेनी समूहले सुदूरपश्चिम प्रदेशलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै आइतबार खानेपानी मन्त्री विना मगरलाई मन्त्रालयमा गएर भाटभटेनी समूहका अध्यक्ष मिनबहादुर गुरुङ दम्पतिले चेक हस्तान्तरण गरेका छन्। चेक ग्रहण गर्दै मन्त्री मगरले सहयोग रकम प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने र त्यसबाट उपचार, क्वारेन्टाईन निर्माण, सावधानीका […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको बडीमालिका नगरपालिकाका सबै कर्मचारीहरुका तर्फबाट कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ लाख ९४ हजार ६८ रुपैयाँ कोषको खाता न १६९०००००११०१ मा दाखिला गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न तथा उपचारकोष नगरपालिकाका अधिकृत स्तरका कर्मचारीको ५ दिन र सहायक स्तरकाको ३ दिनको पारिश्रमिक राष्ट्रीय […]
नागरिक रैबार/बाजुरा २६ चैत्र । नेकपाका नेता तथा बाजुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश भट्टलाई टेलिफोन मार्फत धम्की दिएका छन् । अध्यक्ष थापा र लेखापाल भट्ट विचभएको ५४ सेकेन्डको टेलिफोन सम्बाद समामाजिक संञ्जाल मार्फत सार्वजनिक भएको छ । नेकपा नेता समेत रहेका थापाले टेलिफोन कुराकानिमा कर्मचारी भएर […]
नागरिक रैबार/ बाजुरा २६ चैत्र । बाजुरा कोरोना कोभिड १९ को आशंकामा जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका २० वर्षका युवकको नमुना परिक्षण नेगेटिभ आएको छ । धनगढीमा गरिएको नमुना परिक्षणमा ती व्यक्तिको रिपोट नेगेटिभ देखिएकाे जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । चैत्र २३ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका युवकको स्वाब २४ […]