होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ । टोलीमा […]
काठमाडौ, ५ भदौ । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।शिक्षकहरुलाई स्वास्थ्य […]
हरेक वर्ष भाद्र शुक्लपक्ष तृतियाका दिन महिलाहरूले हरितालिका तिजको व्रत वस्ने गर्छन्। विशेष गरेर हिन्दू महिलाले यो व्रत बस्छन्। महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ। यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ। विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत […]
काठमाण्डौ । बैठकमा स्वास्थ्य,अर्थ,महिला बालबालिका,युवा तथा खेलकुद,सँघीय मामिला तथा सामान्य प्रशासन,भौतिक योजनासहित पालैपालो विभिन्न मन्त्रालयका एजेण्डा प्रस्तुत हुन थाले । त्यहि क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पालो आयो । एजेण्डा थियो प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा झापाकी दुर्गा भण्डारी पौडेलको नियुक्ति । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी बोकेका अर्थमन्त्रीको तर्फबाट मुख्यसचिव लोकदर्शन रेग्मीले प्रस्ताव यसरी पढेर […]
काठमाडौँ, ५ भदौ । विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यी मध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको कोभिड-१९ क्राइसिस मेनेजमेन्ट सेन्टरले जनाएको छ ।नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय […]
काठमाडौं, ५ भदाै । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ को पाठ्यपुस्तक छपाइ शुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय गरेपछि केन्द्रले अनिवार्य ३ विषयको पाठ्यपुस्तक छपाइ शुरू गरेको हो ।केन्द्रले हिजो बिहीबारदेखि पुस्तक छपाइ शुरू गरेको जनाएको हो । ‘उपत्यकामा निषेधाज्ञा भएका कारण कर्मचारी […]
५ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक […]
प्रश्न– तपाईंको नाम ? प्रतिप्रश्न– नाम नै त किन भन्नुपर्यो र ? अनि, काम नि ? म स्वास्थ्य क्षेत्रमा छु । सरकारी सेवामा काम गर्छ भनिदिनु न । डिटेल भनेपछि फेरि गाह्रो पर्छ । भनेपछि, तपाईंको परिवारलाई समाजले खुब दुःख दिइरहेको कि क्या हो ? समाजमा बाँच्न धेरै गाह्रो छ । संक्रमितलाई समाजले निरुत्साहित गर्छ […]
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो । सरुवा सूची अनुसार स्याङ्जामा होविन्द्र बोगटीको सरुवा भएको छ । यस्तै प्रभु ढकालको गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँ सरुवा भएको छ ।यसैगरी सन्तोष भट्टराई पाल्पा, […]
४ भदौ, काठमाडौं । बैंकको पहुँच पुगेका स्थानीय तहमा अब सामाजिक सुरक्षा भक्ता अनिवार्य बैकिङ प्रणालीबाट मात्र वितरण गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको हो । अब स्थानीय तहले सबै लाभग्राहीको खाता खोली […]
काठमाडौं । पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्रचण्डले समग्र समस्या समाधानका लागि कार्यदलले काम गरिरहेका बेला सरकारले भने धमाधम नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीलाई भेटेरै असन्तुष्टि जनाएका हुन् […]
काठमाडौं । प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बिहीवार बेलुका ५ वजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । यसअघि सोमबार नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । स्रोतका अनुसार मुुलुकमा कोरोना भाइरस (कोभिड १९ ) का संक्रमितको संख्या बढदै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा […]
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पछिल्लो ६ महिनामा अधिकांश मौलिक हकसम्बन्धी नियमावलीहरु कार्यान्वयनमा ल्याएको बताएकी छिन् । मन्त्री नियुक्त भएपछिको ६ महिनाको कार्यप्रगति सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङफेले मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि सहमति दिएको बताइन् । १६ वटा मौलिक हकमध्ये १४ वटाको […]
काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक […]
धनगढी : बिहिवार सुदूरपश्चिममा एक सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय २९ जनामा संक्रमण देखिएको हो। कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो। सेती […]
४ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विपतमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनकारी दिए । पछिल्लो २ महिनामा सुदूरपश्चिममा विपतबाट ६४ जनाको मृत्यु […]
४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । कहाँ […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा थप तीन जना प्रहरीमा कोरोना भाईरस पुष्टि भएको छ। डोटी प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जनामा प्रहरीमा संक्रमण पुष्टि भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रवहादुर मल्लका अनुसार संक्रमण पुष्टि भएका तीनै जना प्रहरी केही दिन अगाडि मात्रै सरुवा भएर आएका हुन्। योसंगै सुदूरपश्चिममा संक्रमित […]
रुकुमपूर्व । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठसय घरधुरी समस्यामा परेका छन् । […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले बाढी, पहिरो तथा डुवानबाट मुत्यु भएका परिवारजनलाई कम्तिमा १० लाख क्षतिपूर्ति दिन माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महरद्वारा विहीबार जारी विज्ञप्तिमा त्यसका साथै बेपत्ता भएकाहरुको तीव्र खोजी गर्न, घाइतेको उपचार र विस्थापितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गरिएको […]