होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सप्तरी: प्रतिबन्धित नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ। भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए। इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू विरुद्ध मुद्दा […]
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ। १४ गतेसम्म नै जिल्लाभरी नै निषेधाज्ञा जारी रहनेछ। लकडाउनको उल्लंघन बढेपछि कोरोना भाईरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ। लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने तर निषेधाज्ञामा आदेश नै दिन पाउने भएकाले जिल्लामा निषेधाज्ञा नै जारी […]
(नेकपा) भित्रको विवाद सहमतितर्फ उन्मुख भएको छ । सरकार र पार्टी सञ्चालन प्रभावकारी नभएको भन्दै गत वैशाखयता पार्टी कमिटी बैठकमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि चर्किएको विवादले झण्डै पार्टी नै विभाजन हुन पुगेको थियो । अन्ततः पार्टी फुटेमा जनताको जनादेशको अपमान ठहरिने महसुस गरेका सो पार्टीका शीर्ष नेताहरु पुनः सहमतिबाटै अघि […]
४ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको सम्या लगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको […]
माउन्टेन टेलिभिजन सप्तरी संवाददाता दिवाकर साह रिहा भएका छन् । सप्तरीमा भएका अनियमितताको विषयमा समाचार संप्रेशण गरेको विषयमा प्रहरीले सोधपुछ गर्न भन्दै बोलाएपछि साह प्रहरीकहाँ पुगेका साह केहि दिनदेखि प्रहरी नियन्त्रणमा थिए ।
ताप्लेजुङ फेरी दोस्रो पटक कोरोना संक्रमित शून्य जिल्ला बनेको छ। कोरोना संक्रमित मिक्वाखोला गाउँपालिकाका एक पुरुषको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै ताप्लेजुङ दोस्रो पटक शून्य संक्रमित जिल्ला बनेको हो।यहाँको सिरिजङ्घा गाउँपालिका वडा नं २ की एक मृतक महिला, कोरोना संक्रमित ति युवा र फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका तथा उनीहरुको सुरक्षा एवम् […]
बैतडी : बैतडी सदरमुकाममा आजदेखि निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिकाले आजदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। निषेधाज्ञाका बेला नगर क्षेत्रभित्र औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइने। […]
४ भदौ, काठमाडौं । संघीय संसदका सांसदहरुले लगाउने लोगो अस्वीकार भएपछि पुनः बनाउँदा लाग्ने खर्च कसले ब्यहोर्ने भन्ने विवाद देखिएको छ । लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै सार्वजनिक रुपमा आलोचना भएपछि संसद सचिवालयले निर्माणकर्ता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई फिर्ता पठाएको छ । संघीय संसदका पदाधिकारी र सदस्यले लगाउने ३५० लोगो […]
काठमाडौं । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ । कोरोना महामारीका कारण शिक्षालयहरु बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसको प्रभावकारितामा वृद्धि हुन नसकेको उक्त आँकडाले […]
काठमाडौं । मुलुक कोरोना भाइरस (कोभिड– १९) को महामारीले हायलकाल हुँदै गएको छ । चार महिना लामो लकडाउनलाई सरकारले केही साता अघि खुकुलो तुल्यायो तर कोरोना संक्रमण बढ्दै गएका कारण देशको ५० प्रतिशतभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गर्नुपरेको छ । कोरोना संक्रमण नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लगातार ध्यानाकर्षण […]
४ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ । यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ […]
४ भदौ, काठमाडौं । प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ । बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा […]
पाल्पाकाे रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ। समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने छ। एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। गाउँपालिकाले आर्थिक वर्ष […]
४ भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा बेपत्ता भएका ११ जना अझै भेटिएका छैनन् । बुधवार बिहान १ बजे कैलाश खोलामा आएको बाढीले बस्ती बगाउँदा १७ जना बेपत्ता भएका थिए । तीमध्ये ६ जनाको शव बुधबार साँझसम्म भेटिएको थियो । अझै ११ जना बेपत्ता रहेको र उनीहरुको खोजी […]
मुगु — जिल्लामा केही दिनयता बाढीले आधा दर्जन काठे पुल बगाएपछि स्थानीयलाई आउजाउ गर्न सास्ती भएको छ । उनीहरू जोखिम मोलेर खोला तरिरहेका छन् । मुगुको सालिमखोलाको काठे पुल बाढीले बगाएपछि जोखिम तरिकाले खोला तर्दै स्थानीय । तस्बिर : राजबहादुर शाही छायानाथ रारा नगरपालिका–१० सालिम खोलाको काठे पुले बग्दा १८ गाउँ प्रभावित भएका छन् । […]
सुदूरपश्चिम प्रदेश स्थायी घर भएका वरिष्ठ लोक देउडा गायक महेशकुमार औजीसहित ४ कलाकार नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । बुधबार नेकपा प्रवेश गर्नेमा गोपाल दयाल, पुष्पा बोहरा र दिपा रोकाया लगायतका कलाकारहरु रहेका नेकपा युवा नेता लोकेन्द्र भण्डारीले बताए । काठमाण्डाैमा कलाकारहरुलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा संघिय सासंद दामोदर भण्डारी, […]
जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ […]
बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए । “पूर्व […]
काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध […]
हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं […]