होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कक्षा ११का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य
देश/प्रदेश

कक्षा ११का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य

  • नागरिक रैबार
कक्षा ११का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य

काठमाडौं, ५ भदाै । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ को पाठ्यपुस्तक छपाइ शुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय गरेपछि केन्द्रले अनिवार्य ३ विषयको पाठ्यपुस्तक छपाइ शुरू गरेको हो ।केन्द्रले हिजो बिहीबारदेखि पुस्तक छपाइ शुरू गरेको जनाएको हो । ‘उपत्यकामा निषेधाज्ञा भएका कारण कर्मचारी आउन नसकेर केही समस्या परेको छ, तैपनि तोकिएकै समयमा छपाइ सक्नेछौं।’–केन्द्रका प्रवक्ता चित्र आचार्यले भन्नुभयो ।प्रवक्ता आचार्यले नेपाली, अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षाको छपाइ प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सकभर भदौ महिनाभित्र छपाइ सक्ने गरी काम शुरू गरिसकेका छौं ।’सरकारले कक्षा १ देखि १२ सम्मको शिक्षा माध्यमिक तह उल्लेख गरिसकेको छ । सोहीअनुसार विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्ने अधिकार जनक शिक्षाको भएकाले जनकले छपाइ र बिक्री गर्ने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार