होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रुकुमपश्चिम जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो
समाचार

रुकुमपश्चिम जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

  • नागरिक रैबार
रुकुमपश्चिम जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका- ७, दाजेमा शुक्रबार राति भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते भएका एक जनाको शनिबार बिहान मृत्यु भएसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

दुर्घटनामा परी गम्भीर घाइते आठबीसकोट- ८, का ५८ वर्षीय लालबहादुर नेपालीको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

विज्ञापन

नेपालीलाई थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जीप चालक डिल्लीबहादुर नेपाली भने दुर्घटनापछि फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार