होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दाङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको […]
सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका […]
शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५ लाखसम्म राहत रकम उपलब्ध गराउने भएको छ । माग भएमा प्रभावित जिल्लाअनुसार उक्त रकम उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तराईका र बढी प्रभावित ११ जिल्लास्थित विपद् व्यवस्थापन कोषमा रु […]
४ पुस, काठमाडौं । हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए । राप्रपाले झापा, मकवानपुर […]
४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारमा शनिबार भएको भेटवार्ता पनि सवाल जवाफमै सिमित बनेको छ । ओली र प्रचण्डबीच झण्डै ३५ मिनेट एक्लाएक्लै भएको वार्तामा दुवै अध्यक्षले पूर्ववत अडान नछोडेपछि विवाद जस्ताको तस्तै रहेको हो । शनिबार बिहान ११ बजे प्रधानमन्त्रीसमेत रहेका […]
४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित महानगरका १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । […]
४ पुस, धनगढी । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट […]
लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । यहाँस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिएको हो । प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ । […]
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली प्रधानमन्त्री पनि हुन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको कार्यकारी अध्यक्ष । पार्टी एकता घोषणपछि प्रचण्ड सयौँ पटक ओलीलाई भेट्न बालुवाटार जाने गरेका थिए । तर, शनिबार प्रचण्ड भेट्न ओली आफै खुमलटार पुगे । उनीहरुबीच झण्डै […]
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई आउँदो स्थायी कमिटी बैठकसम्ममा ‘कित्ता क्लियर’ गर्न सुझाव दिएका छन् । आफ्नो पक्षमा तान्न ओलीले बादललाई थुप्रै आश्वसन दिइरहेका छन् । त्यही क्रममा आजको भेटमा ओलीले बादललाई तेस्रो शक्ति निर्माण गर्न पनि सुझाव दिएका छन् । मन्त्री निवास पुल्चोकमा बादलसँग छलफल गरेका ओलीले नेकपाको तेस्रो […]
काठमाण्डाै – गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओकाे दाबी छ । सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको […]
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थी, अभिभावक र शिक्षकलाई नि:शुल्क टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा ‘क्लोजर युजर ग्रुप’ बनाएर नि:शुल्क टेलिफोन, म्यासेज र इन्टरनेट सेवा दिन लागिएको हो । ‘क्लोजर युजर गु्रप’ भन्नाले शिक्षण सिकाइ प्रयोजनका लागि विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र […]
दोलखा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् । नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताए । “पार्टी गम्भीर मोडमा छ तर विभाजन […]
धनगढीः वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरे। नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला लगाएको तस्बिरमाथि डाक्टर कायस्थले लेखेका छन,‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन प्राप्त भयो।’ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या २ हजार ५६६ पुगेको छ । शुक्रबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७२ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या २ हजार ५६६ पुगेको हो । सकृय संक्रमितमा अछाम ३३९, बेतडी १०७, बझाङ्ग ३६०, बाजुरा ५२,डडेल्धुरा २८३, दार्चुला २६२, डोटी १९०, कैलाली ७०१, कंचनपुर २२९ […]
४ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् । सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली […]
जनकपुर, काठमाडौं — धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेट त्यसै थन्क्याएर राखिएपछि जनकपुरवासीमा निराशा छ । जनकपुर–जयनगरका लागि ल्याइएका रेल सेट सरकारले कहिले चलाउँछ भन्ने अन्योल छ । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार ‘ओली सरकारको हस्तक्षेपका कारण रेल महिनौंदेखि थन्किएको’ स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरे । धनुषाको इनर्वामा […]
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैछन् । दाहालका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओली केही बेरमा दाहाल निवास खुमलटार आउन लागेको सूचना प्राप्त भएको जानकारी दिए । प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको छ । पार्टीमा आन्तरिक विवाद […]
चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १ गते खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । […]