होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जब बिरामीले डाक्टरलाई पैसाको मालाले सिंगारे…
समाचार

जब बिरामीले डाक्टरलाई पैसाको मालाले सिंगारे…

  • नागरिक रैबार
जब बिरामीले डाक्टरलाई पैसाको मालाले सिंगारे…

धनगढीः वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरे।

नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला लगाएको तस्बिरमाथि डाक्टर कायस्थले लेखेका छन,‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन प्राप्त भयो।’

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लडाइमा अग्रमोर्चामा खटिएका बेला बिरामीबाट सम्मान पाउँदा डाक्टर कायस्थ प्रफुलित भएको भान तस्बिर हेर्दा हुन्छ।

विज्ञापन

२०४६ सालदेखि चिकित्सकीय पेशामा आवद्व डाक्टर कायस्थले बिरामीबाट प्राप्त गरेको सम्मानको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

तर उनको कार्यकक्षमै पुगेर सम्मान प्रकट गर्ने बिरामी को थिए? त्यो खुलाइएको छैन। जे होस् उनी डाक्टर कायस्थकहाँ उपचार गराउँदै आएका बिरामी हुन्।

डाक्टर कायस्थ आफ्नो उपचार पाएर निको भएका बिरामीबाट यस्तो खालको माया पाउँदा खुसी व्यक्त गर्छन्।

 

‘बिरामीहरुबाट टीका र फूलमालासहितको सम्मान त धेरै नै पाइरहेको हुन्छु,’ उनले दिनेशखबरसँग भने, ‘तर मेरो अनुभवमा यो सफलता मात्र नभएर एउटा नयाँ खोज पनि हो।’

डाक्टर कायस्थले केही वर्षदेखि भिटामिन ‘बी’ को कमीबाट हुने रोग र बिरामीको प्रकृतिबारे सुदूरपश्चिममा रहेर अनुसन्धान गरिरहेकाले ती बिरामी पनि सोही क्रममा उपचारका लागि आफूकहाँ पुगेको बताए।

भिटामिन बी को कमीबाट हुने रोगका फरक फरक प्रकृति रहेको उनी बताउँछन्। भन्छन्, ‘कतिपय मान्छेहरु हातखुट्टा पोल्ने, झमझमाउने, रगतको कमी हुने, मानसिक समस्या जस्ता लक्षण लिएर आउँछन्। अधिकांश बिरामीमा भिटामिन ‘बी’ को कमी रहेको पाइन्छ।’

शुक्रबार आफूलाई सम्मान गर्ने बिरामी समेत सोही खालको समस्या लिएर आफूकहाँ झण्डै १० महिनादेखि उपचारका लागि आइरहेको उनले बताए।

‘उहाँहरु आमा छोरामा नसा दुःखने र रगतको कमी हुने उस्ताउस्तै खालको समस्या थियो। उपचारपछि अहिले स्वस्थ हुनुभएको छ,’ उनले भने।

सेती प्रादेशिक अस्पतालमा समेत काम गरिसकेका डाक्टर कायस्थ २०७२ सालको साउनमा सरकारी सेवाबाट निवृत्त भएका थिए। अहिले उनी धनगढीमै रहेर बिरामीको उपचार गर्दै आएका छन।

को हुन् ती बिरामी ?

डाक्टर कायस्थलाई कार्यकक्षमै रुपैयाँसहितको फूलमालाले सम्मान गर्ने बिरामी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाकी उर्मिला चौधरी हुन्।

नसा सम्बन्धित समस्याबाट पीडित उनी भन्छिन्, ‘मान्छे बचाउने डाक्टर भगवान हुन्,’ उहाँकोमा उपचार गर्दा म निको भए, त्यसैले भगवानको रुपमा डाक्टरलाई सम्मान गरेकी हुँ।’

चौधरीले छोराको उपचार पनि धनगढीस्थित नोभा अस्पतालमै डाक्टर कायस्थसँगै गराएको बताइन्।

‘उहाँले हाम्रो ज्यान बचाउनुभयो हामीले अरु कुरा दिन नसकेपनि सम्मान स्वरुप फूलको माला लगाएको हुँ। गरिब मान्छे अरु के नै सक्छौँ र १’ चौधरीले भनिन्।

कस्ता मानिस यस्ता समस्या लिएर आउँछन् ?

बरिष्ठ फिजिसियन डाक्टर कायस्थको भनाइमा शुद्ध शाकाहारी मानिस चौधरीको जस्ता समस्या लिएर उपचारका लागि अस्पताल पुग्ने गरेका छन।

शरीरमा भिटामिन ‘बी’ को कमीबाट हात–खुट्टा झमझम गर्ने, पोल्ने, डिप्रेसन, निन्द्रा कम लाग्ने जस्ता समस्या देखिन्छन्।

भिटामिन ‘बी’ को कमी भयो भने धेरैमा रगतको कमी हुने समस्या हुन्छ। धेरैलाई विभिन्न खालका मानसिक समस्या हुन्छन्। कसै–कसैले मानसिक रोगीको जस्तो लक्षण देखाउँछन्,’ उनले भने, हात–खुट्टा झमझमाउने मात्र नभएर कतिपय व्यक्ति अचल अवस्थामा समेत आउँछन्।

बढिजसो माछा मासु नखाने शाकाहारी मानिसमा यस्ता खालका समस्या आउँने गरेको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार