होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसद विघटन गर्न लिएको कदमले सबै तह तप्कामा प्रभाव पारेको छ।सुदूरपश्चिम प्रदेशस्थित ८८ वटा स्थानीय तह पनि निकै प्रभावित भएका छन्। अन्योलता सँगै रन्भुल्लको अवस्था सिर्जना भएको हो। विकासे गतिविधिमा सक्रिय स्थानीय तहको ध्यान एकाएक वैशाखमा हुने भनेर घोषणा भएको चुनावमा केन्द्रित भएको छ।यतिमात्रै होइन […]
धनगढी: सोमबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै ३ सयको नमूना परीक्षण गर्दा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला डाटी, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको परीक्षण गर्दा थप ४४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
काठमाडौँ– संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले आगामी बुधबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको आरोप लगादउँदै जसपाले पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।जसपाले थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन देशवासीलाई आह्वान गरेका छन् ।प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गर्न नपाएपछि ताजा जनादेशमा जाने निर्णय गरिएको र त्यसमा होमिन देशवासीलाई आह्वान गरेका हुन् । सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट […]
काठमाडौं ६ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन् । आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै गौतमले गुट भेलामा नजाने बताएका हुन् । गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको […]
काठमाडौं । नेकपा विघटित संसदीय दलको बैठकले संसद बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ । सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रच्ण्डसहित वरिष्ठ नेताहरुको उपस्थितिमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार संसदीय दलको बैठकले विभिन्न प्रस्तावहरु समेत पास गरेको छ । जसमा नेकपा संघीय संसद दलको बैठकले […]
काठमाडौं । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्ने प्रस्ताव गरेको छ ।नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको जानकारी दिए । सोमबार बानेश्वरमा भएको भेलापछि नेता गुरुङले यस्तो जानकारी दिएका हुन् ।
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थालाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)लगायतले संयुक्त प्रतिवाद निष्कर्ष निकालेका छन् । […]
६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ । ‘प्रतिनिधिसभाको नियमित कार्य […]
कैलाली । संघीय सरकार र सुदूरपश्चिमसहित ६ वटा प्रदेश सरकारको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भाँडभैलो भएपछि त्यसका बाछिटाहरु प्रदेश हुँदै तल्लो तहसम्म पुग्ने निश्चित नै छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका साथै आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै […]
प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको बताएका छन्। सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उनले त्यही कारण प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय गरेकाे बताए। प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन्। उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना […]
काठमाडौं । संविधानविपरीत संसद भंग गर्ने र मध्यावधि निर्वाचनमा जाने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारमा आफूनिकटका सांसदहरूको भेलामा कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रश्न गरे- एमालेको अध्यक्षलाई कारबाही गर्ने ? प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमपछि अब उनले पूर्वएमालेलाई ब्युँताउने सम्भावना बढेको छ । बालुवाटारको उनको अभिव्यक्तिले पनि एमाले ब्युँतिने संकेत गरेको छ । […]
प्रधानमन्त्री केपी शर्मा अोलीले सोमबार जनताको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ । संसद विघटन भएपछि उत्पन्न राजनीतिक संक्रमणको बारेमा स्पष्ट पार्नका लागि उनले सम्बोधन गर्न लागेको बताइएको छ । उनले आजै आफ्ना पक्षका नेता तथा सांसदसँग आफ्नो निवासमा छलफल गरेका थिए […]
काठमाडौं ६ पुस। सरकारले २ वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै संसदलाई भंग गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गराउने निर्णय गरेको छ । २०७४ सालमा भएको संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राज्यको ढुकुटीबाट करिब २६ अर्ब खर्च भएको थियो । संघीय संसद र प्रदेशसभाको चुनावमा मात्रै करिब २० […]
काठमाडौं । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारी गरेका छन् । सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वाेच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने […]
प्रतिनिधिसभा विघटनपछि ओलीले दाहाललाई भने, ‘अब जे भयो भयो, मिलेर निर्वाचनमा जाऔँ, जितेर आऔँ ।’ काठमाडौँ — नेकपा स्थायी कमिटीका बहुमत सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेसँगै साढे दुई वर्षअघि एकीकृत भएको पार्टीको विभाजन निश्चित भएको छ । संविधानमा नभएको अधिकार प्रयोग गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावको […]
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् । दाहालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने उल्लेख गरेका छन् । ‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै […]
अछाम– समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो । गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी […]
कोरोना महामारीबीच खुलेको मोरङको रंगेली नगरपालिकास्थित एक विद्यालयका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ । रंगेली नगरपालिका–४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका कक्षा १ देखि ६ सम्मका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा विद्यालय बन्द गरिएको छ । विद्यालयका अधिकांश कम उमेर समूहका नानीहरुमा उच्च ज्वरो देखिएको […]
५ पुस, काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री […]