होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थायी कमिटीमा तेस्रो प्रतिवेदन ल्याउन बादललाई ओलीको आग्रह
समाचार

स्थायी कमिटीमा तेस्रो प्रतिवेदन ल्याउन बादललाई ओलीको आग्रह

  • नागरिक रैबार
स्थायी कमिटीमा तेस्रो प्रतिवेदन ल्याउन बादललाई ओलीको आग्रह

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई आउँदो स्थायी कमिटी बैठकसम्ममा ‘कित्ता क्लियर’ गर्न सुझाव दिएका छन् ।

आफ्नो पक्षमा तान्न ओलीले बादललाई थुप्रै आश्वसन दिइरहेका छन् । त्यही क्रममा आजको भेटमा ओलीले बादललाई तेस्रो शक्ति निर्माण गर्न पनि सुझाव दिएका छन् ।

मन्त्री निवास पुल्चोकमा बादलसँग छलफल गरेका ओलीले नेकपाको तेस्रो शक्ति निर्माणमा आफ्नो साथ रहने पनि विश्वास दिलाए ।

विज्ञापन

बालदनिकट स्रोतका अनुसार ओलीले बादललाई तीन वर्षदेखि सरकार सञ्चालनमा साथमा रहेको बताउँदै सरकारको प्रगति र दुर्गतिसहितको प्रतिवेदन स्थायी समितिमा ल्याउन आग्रह गरेको छन् । ओलीले बादललाई भनेका थिए, ‘पार्टी सञ्चालनमा अध्यक्षद्वयकै समीक्षासमेत गरेर प्रतिवेदन बनाउनु होला ।’

सरकारको प्रगति र दुर्गतिको समीक्षा गर्न आग्रह गरेका ओलीले राजनीतिक बिग्रियो भने जस्तोसुकै परिस्थितिको निर्माण हुनसक्ने पनि बादलसँग भनेका थिए ।

४ पुसमा बादलसँग छलफल गरेर ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रयास गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार