होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्ष समेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए । सो अध्यादेश खारेजीका लागि […]
२ पुस, काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो […]
२ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो […]
काठमाडौँ- काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ ।रातको समयमा बादलले आकाश […]
पोखरा– बागलुङको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवति महिला लक्ष्मी गुरुङ सुत्केरी हुन नसकेपछि गत साउनमा हवाई उद्धार गरी पोखरा ल्याइयो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्यचौकीले सुत्केरी गराउन नसकेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ रिफर गरियो तर बुर्तिवाङमा पनि सुत्केरी हुन नसकपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर […]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्दै उनले बढ्दो राजनीतिकरणका कारण मु्लुकको शैक्षिक अवस्था कमजोर बनेकाले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका हुन् । “विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक सरुवाको विषयमा […]
काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ ।दुबै सवारी साधन […]
कास्की । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत इन्सपेक्टर धुव्र शर्मा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवाह गरेको […]
२ पुस, विराटनगर । कोरोना महामारीका कारण ९ महिनायता बन्द भएको विराटनगरका विद्यालयहरु बिहीबारबाट सञ्चालनमा आएका छन् । ६ चैतबाट बन्द भएका विद्यालय बिहीबारबाट खुलेका हुन् । समुदायस्तरमा महामारी फैलिएको विराटनगरमा संक्रमणको संख्या कम भएपछि सतर्कतासहित विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार विद्यालय खुला भएको विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुद दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । […]
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले फेरि वामदेव गौतमलाई प्रधानमन्त्रीको ‘ललिपप’ देखाएका छन् । बुधबारको स्थायी समिति बैठकमा बोल्ने क्रममा ओलीले वामदेव गौतमको नामै लिएर ‘अव उहाँलाई प्रधानमन्त्री दिउ न त’ भनेर भनेर भनेका थिए । एक स्थायी समिति सदस्यका अनुसार बैठकको अन्तिममा ओलीले ‘हामी ५ जनामध्ये बामदेवजी प्रधानमन्त्री हुनुभएको छैन । उहाँलाई कतैबाट […]
२ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । […]
काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ […]
अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् । विगतदेखि नै कुनै राजीतिक दल संसद्प्रति जवाफदेही देखिएनन्, […]
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो । महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो । छलफलमा सहभागी महानगरका प्रमुख […]
डडेल्धुरा: डडेल्धुरामा विद्यालयका शिक्षक तथा स्थानीयमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि विद्यालयहरु पुनः बन्द गरिएका छन्। गत चैतदेखि बन्द अवस्थामा रहेका विद्यालय केही समय सञ्चालनमा आएका थिए। तर शिक्षकहरुलाई नै कोरोना संक्रमण देखिएपछि जिल्लाको ६ वटा विद्यालय पुनः बन्द भएका छन्। ७ स्थानीय तहमध्ये आलिताल, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकाका ६ वटा विद्यालय बन्द भएको शिक्षा विकास […]
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । सर्वोच्च प्रशासनले अध्ययन पश्चात रिट दर्ता गरेको अर्यालले बताए । अध्यादेशको विषयलाई लिएर कानुनविद्हरुले प्रश्न उठाउँदै आएका छन् भने राजनीतिक रुपमा पनि विवाद रहेको […]
१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारलाई मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । तरुण दलका अध्यक्ष जित जंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिन आग्रह गरेका हुन् । अध्यक्ष बस्नेतले भनेका छन् ‘ प्रमुख […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी-पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको […]
आज पुष १ गते विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष १ गते देखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो […]