होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अरुबेला बालुवाटार शनिबार खुमलटार, ‘स्पट’ फेरियो अडान फेरिएन
देश/प्रदेश

अरुबेला बालुवाटार शनिबार खुमलटार, ‘स्पट’ फेरियो अडान फेरिएन

  • नागरिक रैबार
अरुबेला बालुवाटार शनिबार खुमलटार, ‘स्पट’ फेरियो अडान फेरिएन

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली प्रधानमन्त्री पनि हुन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको कार्यकारी अध्यक्ष ।

पार्टी एकता घोषणपछि प्रचण्ड सयौँ पटक ओलीलाई भेट्न बालुवाटार जाने गरेका थिए । तर, शनिबार प्रचण्ड भेट्न ओली आफै खुमलटार पुगे । उनीहरुबीच झण्डै एक घण्टा वार्तालाप भयो ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला ओली आफै खुमलटार पुगेपछि विवाद समाधान हुन खोजेको हो कि भन्ने अड्कलवाजीहरु भए । त्यतिमात्रै होइन ओली–प्रचण्ड भेटवार्ता जारी रहेका बेला बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार त पक्कै केही न केही सहमति हुन्छ भन्ने नेकपा नेता कार्यकर्ताले अनुमान लगाउनै नै भए ।

विज्ञापन

 

तर, शनिबार भएको भेटवार्ता पनि यसअघिका भन्दा भिन्न हुन सकेन । केवल अरुबेला बालुवाटारमा भेटवार्ता हुन्थ्यो भने शनिबार खुमलटारमा भयो फरक यति हो ।

कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले रातोपाटीसँग भने, ‘अरुबेला बालुवाटारमा हुने भेटवार्ता शनिबार खुमलटारमा भएको हो । फरक त्यति नै हो ।’

सापाकोटाको भनाइ अनुसार नेताहरुबीच भेटवार्तास्थल फेरिए पनि नेताहरुको अडान फेरिएको छैन । भेटमा पार्र्टी विवादबारे नेताहरुबीच कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले गत मंगलबार संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि नेताहरुबीचको विवाद चरमोत्कर्षमा पुगेको थियो । बुधबार बसेको स्थायी समिति बैठकमा अध्यादेश फिर्ता लिन ओली तयार भएपनि अझै फिर्ता गरेका छैनन् । शनिबार पनि उनले आफुले अध्यादेश फिर्ता गर्नुपरे प्रचण्डले पेश गरेको प्रस्ताव पनि फिर्ता गर्नुपर्ने अडान दोहोर्याएका छन् । तर प्रचण्डले प्रस्ताव फिर्ता नगर्ने बरु बैठकमै छलफल गरेर निर्णयमा पुग्न सकिने जवाफ दिएका थिए ।

 

प्रधानमन्त्रीसँगको छलफल लगत्तै प्रचण्डले केहीबेर वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छुट्टै संवाद गरे भने ओली बालुवाटार फर्कने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटर पुगेर गृहमन्त्री रामबहादुर थापा बादलसँग भलाकुसारी गरे । थापा प्रचण्डनिकट भएपनि पछिल्लो समय ओलीलाई साथ दिँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार