होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गरिब देशहरुले पनि छिट्टै खोप पाउँछन् : डब्ल्यूएचओ
समाचार

गरिब देशहरुले पनि छिट्टै खोप पाउँछन् : डब्ल्यूएचओ

  • नागरिक रैबार
गरिब देशहरुले पनि छिट्टै खोप पाउँछन् : डब्ल्यूएचओ

काठमाण्डाै – गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओकाे दाबी छ । सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

महामारीका बेला पनि गरिब देशलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेभ्रिएससले बताउनुभयो । डब्ल्यूएचओ र साझेदार संस्थाहरुले कोभ्याक्सलगायतका खोप छिट्टै उपलब्ध हुनसक्ने बताएका हुन् ।

विज्ञापन

उनीहरुले सबैलाई पुग्नेगरी खोप बनाउने तयारी भइरहेको पनि जानकारी दिएका छन् । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार