होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले फेरि वामदेव गौतमलाई प्रधानमन्त्रीको ‘ललिपप’ देखाएका छन् । बुधबारको स्थायी समिति बैठकमा बोल्ने क्रममा ओलीले वामदेव गौतमको नामै लिएर ‘अव उहाँलाई प्रधानमन्त्री दिउ न त’ भनेर भनेर भनेका थिए । एक स्थायी समिति सदस्यका अनुसार बैठकको अन्तिममा ओलीले ‘हामी ५ जनामध्ये बामदेवजी प्रधानमन्त्री हुनुभएको छैन । उहाँलाई कतैबाट […]
२ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । […]
काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ […]
अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् । विगतदेखि नै कुनै राजीतिक दल संसद्प्रति जवाफदेही देखिएनन्, […]
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो । महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो । छलफलमा सहभागी महानगरका प्रमुख […]
डडेल्धुरा: डडेल्धुरामा विद्यालयका शिक्षक तथा स्थानीयमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि विद्यालयहरु पुनः बन्द गरिएका छन्। गत चैतदेखि बन्द अवस्थामा रहेका विद्यालय केही समय सञ्चालनमा आएका थिए। तर शिक्षकहरुलाई नै कोरोना संक्रमण देखिएपछि जिल्लाको ६ वटा विद्यालय पुनः बन्द भएका छन्। ७ स्थानीय तहमध्ये आलिताल, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकाका ६ वटा विद्यालय बन्द भएको शिक्षा विकास […]
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । सर्वोच्च प्रशासनले अध्ययन पश्चात रिट दर्ता गरेको अर्यालले बताए । अध्यादेशको विषयलाई लिएर कानुनविद्हरुले प्रश्न उठाउँदै आएका छन् भने राजनीतिक रुपमा पनि विवाद रहेको […]
१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारलाई मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । तरुण दलका अध्यक्ष जित जंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिन आग्रह गरेका हुन् । अध्यक्ष बस्नेतले भनेका छन् ‘ प्रमुख […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी-पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको […]
आज पुष १ गते विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष १ गते देखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो […]
समाचार टिप्पणी । दुई तिहाइको दुहाइ दिने ओली सरकारका निर्णयहरु एकपछि अर्को बिबादास्पद बन्दै गएका छन् । सन्काहा प्रधानमन्त्री ओलीले आफुलाई मन लागेको निर्णय गर्ने र राष्ट्रपतिलाई समेत सोहि अनुसार निर्णय गर्न लगाउनाले देशमा एकपछि अर्को संकट पैदा हुँदै गइरहेको छ । पछिल्ला केहि दिनमा सरकारले गरेका निर्णय जनतामा अलोकप्रिय हुनुका साथै आफ्नै पार्टीका नेता […]
१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई […]
कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताएका छन् । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताए । उनले घरबारविहीन कमजोर वर्गका बासिन्दाका लागि चालु आवमा सञ्चालित कार्यक्रमअन्तर्गत […]
काठमाडौँ — दुई तिहाइ बहुमतसहित सरकार सम्हालेको दुई वर्ष पुग्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहयोगले संवैधानिक निकायमा पद पूर्ति हुन नसकेपछि मन्त्रिपरिषद्ले पोहोर मंसिर ३ मा बहुमतका आधारमा नियुक्तिको सिफारिस गर्न सकिने प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गर्यो । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय अध्यादेश ल्याउने विषयमा […]
थम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई […]
१ पुस, काठमाडौं । भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति […]
१ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था […]
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप चुलिएको छ । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ । यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गरी आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । आजको बैठकमा […]
राष्ट्रिय योजना आयोगले स्थानीय तह र प्रदेशसँग आगामी आर्थिक वर्षमा (२०७८/७९) मा कार्यान्वयनमा लैजाने आयोजना माग गरेको छ । आयोगले समपूरक अनुदान र विशेष अनुदानका आयोजना अनलाइनमार्फत माग गरेको हो । यसका लागि आयोगले सबै स्थानीय तह र प्रदेशका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । पुस मसान्तसम्ममा अनलाइनमार्फत आयोजना माग गरिसक्नुपर्ने छ । आयोगका […]