होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अध्यादेश फिर्ता नलिँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
देश/प्रदेश

अध्यादेश फिर्ता नलिँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

देउवा बैठकमा नजाने, सभामुख सापकोटालाई बोलाइएन

  • नागरिक रैबार
अध्यादेश फिर्ता नलिँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक बोलाएका छन् । बिहीबार साँझ साढे ५ मा संवैधानिक परिषद्को बैठक बोलाइएको हो । बुधबार (हिजो) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले आज परिषद्को बैठक बोलाएका हुन् ।

बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट नआएका बेला प्रधानमन्त्री ओलीले बैठक बोलाएपछि शंकाका दृष्टिले हेरिएको छ । बैठक बोलाउनुको कारण पनि खुलाइएको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकमा बोलाइएको काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।तर काँग्रेस सभापति देउवा भने बैठकमा नजाने लेखकको भनाइ छ ।

विज्ञापन

सभामुख अग्निप्रसाद सापकोटालाई भने बैठकबारे जानकारी नआएको बुझिएको छ। सभामुख सचिवालयका सदस्य श्रीधर न्यौपानेले बैठकबारे जानकारी नभएको बताए ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस प्रधानमन्त्री ओलीको तयारी छ ।

अध्यादेश फिर्ता नगरी परिषद् बैठक बोलाइएको छ। अध्या देशअनुसार बैठक बस्नका लागि अध्यक्षसहित दुई सदस्य भए पुग्छ।प्रधानन्यायधी चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनामात्रै सहभागी भएपनि बैठकमा गणपुर संख्या पुग्छ ।यस्तै साँझ नै मन्त्रिपरिषद्को बैठक समेत बोलाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार