होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
देश/प्रदेश

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

  • नागरिक रैबार
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ ।दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित सडकमा बा.५ ख ७६७ नम्बरको हाइसले को.२५ प ४४२३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–११ बस्ने ४३ वर्षीय हजरत मिया मंसुरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा १६ वर्षीय सबिर मंसुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ ३ वटा साईकललाई ठक्कर दिँदा साईकलयात्री बर्दिया बाँसगढी नगरपालिका–३ लखना बस्ने १८ वर्षीय अदिप थारूको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ४ जनालाई उपचारको लागि सोही अस्पतालमा पठाइएकोमा मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार