होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफ्न्तद्वारा राजमार्ग अवरुद्ध
समाचार

बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफ्न्तद्वारा राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफ्न्तद्वारा राजमार्ग अवरुद्ध

बझाङ : बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफन्तले बुधबार बेलुकादेखि खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध पारेका छन्।

पिडित पक्ष र सवारीधनीबीच भएको क्षतिपूर्ति अनुसार रकम दिन नखोजेको भन्दै उनीहरुले सडक अवरुद्ध पारेका हुन्।

यसअघि पिडित पक्षले माग गरेकै अनुसार सवारी धनीले क्षतिपुर्ति दिने सहमति भएपनि अहिले आएर बस यातायात समितिले रकम दिन आनाकानी गरेको वडाध्यक्ष कलक विष्टले बताए।

विज्ञापन

राजमार्ग सूचारु गर्न जिल्ला प्रशासन र वित्थडचिर गाउँपालिकाले पहल चालेपनि सफल नभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले गत बिहीबार बेलुका करिब ६ बजे वित्थडचिर गाउँपालिका–९ सुनकुडामा एक २ वर्षीया बालिका दिपिका विष्टलाई ठक्कर दिएको थियो।

घाइते बालिकाको स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचार लागि धनगढी लैजाँदै गर्दा गत बिहीबार राति ९ बजे मृत्यु भएको थियो।

बालिकाको मृत्युपछि आन्दोलित स्थानीयले यसअघि पनि बझाङ–खोड्पे सडकखण्ड अवरुद्ध गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार