होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे । प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत काम छाडेर पार्टीमा आउन आग्रह गरेका छन् । बबरमहलमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गलत काम गरेको, संविधानको मर्म र भावनालाई कुल्चिएको, पार्टीभित्र गुटबन्दी गरेको कारण नै अहिलेको […]
प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ । बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो । हाल नेकपामा ४४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको […]
प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक जारी रहेको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक जारी रहेको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायत ९ वटा प्रस्ताव पेश भएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् । मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमनत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी […]
प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ । राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा यस्तो रहेको छः –आन्तरिक समस्या समाधानबारे प्रस्ताव –आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन –अनुशासनको कारवाही –अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त – कार्ययोजना र कार्यक्रम – विरोध कार्यक्रम […]
नेपालमा कुन चाहिँ पार्टी सत्तामा रहन्छ भन्ने कुरा चीनलाई फरक नपर्ने चिनियाँ सरकारी मिडिया ‘द ग्लोबल’ टाइम्स’मा प्रकाशित एक लेखमा भनिएको छ । भारतीय मिडिया द हिन्दुस्तान टाइम्समा नेपालमा देखिएको पछिल्लो पछिल्लो विवादले ‘चीनलाई चोट पुगेको’ र चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको उल्लेख भएपछि त्यसको खण्डन गर्दै चिनियाँ सरकारी मिडियामा उक्त लेख प्रकाशित भएको […]
७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् ।अहिले बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।जारी बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी हितविपरीत काम गरेको निष्कर्ष निकाल्दै ज्ञवालीलाई राख्ने निर्णय गरेको हो ।
सिरहा– लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।वर्षौदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् । नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन आगामी २०७८ मंसिर २ गतेका लागि तोकिएको छ।प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशन काठमाडौँमा हुनेछ । मंसिर २ गतेदेखि ७ गतेसम्मको महाधिवेशन समय तोकिएको पनि […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकीकरणको उद्देश्यविपरीत एकलौटी ढंगले अघि बढ्न थालेपछि पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको औचित्यमाथि प्रकाश पार्दै प्रधानमन्त्री ओली विचार, नीति, विधि र पद्धतिलाई बेवास्ता गरेकै कारण यो संकट आइपुगेको प्रस्ट […]
काठमाडौं ७ पुस। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति […]
प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति घोषणा भएसँगै चुनावी खर्च कसरी जुट्छ भन्ने चासो बढ्न थालेको छ । यसपटक कोरोना प्रभावका कारण थलिएको अर्थतन्त्र र सरकारलाई आफ्नो दैनिक खर्चमै समस्या पर्ने अवस्थामा चुनावका लागि अतिरिक्त खर्च जुटाउँनै सकस हुने देखिन्छ । कतिपयले चुनावी खर्च जुटाउने एउटा स्रोत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि हुनसक्ने […]
नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बबरमहलमा बोलाएको केन्द्रीय कमिटीको बैठकलाई अोली पक्षले बैठक नभनेर व्यक्तिगत सल्लाहका लागि भएको भेला भएको प्रतिक्रिया दिएको छ । नेकपा अोली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले बोलाएको बैठक आधिकारिक नभएकाे बताए । ‘त्यो आपसी व्यक्तिगत छलफलका लागि बसेको होला, आधिकारिक होइन’ उनले भने । अोली पक्षको केन्द्रीय […]
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ । बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए । आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले […]
प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकअघि […]