होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वेक्षणले देखायो प्रधानमन्त्री केपी ओलीकै पक्षमा दुई तिहाई जनमत !
समाचार

सर्वेक्षणले देखायो प्रधानमन्त्री केपी ओलीकै पक्षमा दुई तिहाई जनमत !

  • नागरिक रैबार
सर्वेक्षणले देखायो प्रधानमन्त्री केपी ओलीकै पक्षमा दुई तिहाई जनमत !

काठमाडौं -: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ `।

पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा दुई तिहाई जनमत प्रधानमन्त्री केपी ओलीकै पक्षमा रहेको तथ्य उजागर गरेको हो `। चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग भन्ने कार्यक्रममा मुलुकका स्वतन्त्र नागरिकको धारणा बुझ्न दुई प्रश्न राख्नुभएको थियो ।` लामिछानेले ताली र गाली अप्शन दिएर प्रश्न सोध्नुभएको थियो, प्रधानमन्त्री पदमा केपी ओली नै जसरी पनि हुनुपर्छ भन्नेले ताली र प्रधानमन्त्री पदमा केपी ओली अव चाँहि हुनुहुन्न भन्नेले गालीमा भोट दिनुहोला `।

यो प्रश्नको अन्तिम नतिजा सार्वजनिक गर्दा ६७.४२ प्रतिशत जनताले प्रधानमन्त्री ओलीको पक्षमा मत दिएका हुन । यस्तै प्रधानमन्त्रीमा ओली हुनुहुन्न भन्ने पक्षमा ३२.५८ प्रतिशतले भोट गरेका छन । भोट गर्नेमध्ये अधिकांशले प्रधानमन्त्रीको समर्थन जनाएको लामिछानेले नतिजा सार्वजनिकको क्रममा बताउनु भएको छ` ।

विज्ञापन

उहाँका अनुसार मतदानमा ६७.४२ प्रतिशत अर्थात २३ हजार ९३ जनाले ओलीको समर्थन गर्दै तालीमा र हुनुहुन्न भन्ने पक्षमा ३२.५८ प्रतिशत अर्थात ११ हजार १ सय ७५ जनाले मत दिएका छन । सो मतदानमा अधिकांश स्वतन्त्र नागरिक रहेका छन `। साभार – पाथिभरा पोस्ट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै