होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै, अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । भने, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, […]
काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप अभियान जारी रहँदा अझै शिक्षक खोप लगाउने सूचीको प्राथमिकतामा परेका छैनन् । शिक्षकलाई कहिले खोप लगाउने भन्ने विषयमा कुनै निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर घिमिरेले बताए । उनले भने, ‘यसबारे मन्त्रालयले अहिले नै कुनै निर्णय गरेको छैन् । निर्णय गर्याे भने भनौंला ।’ पहिलो चरणमा स्वास्थ्य संस्थामा […]
काठमाण्डौ – शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो । जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई […]
३० माघ, काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् । बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले […]
काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् l सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी […]
२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने भन्दै उनले भने, ‘जसले ठूलो जुलुस ल्याउँछ, उसकै काम गर्नुपर्यो । ओलीको जुलुस ठूलो कि प्रचण्डको जुलुस ठूलो हेर्नुपर्यो ।’ प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ […]
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल निकट राष्ट्रिय युवा संघ नेपालले नेतृ रामकुमारी झाँक्रीको विनासर्त रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो । झाँक्रीलाई विनासर्त तत्काल रिहाइ […]
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता रामकुमारी झाँक्रीले आफूहरुले कहिल्यै नखोसिने लोकतन्त्रको लागि लडेको बताएकी छन्। बिहीबार प्रहरीलाई गिरफ्तारी दिनुअघि गरेको सम्बोधनमा उनले लोकतान्त्रिक अधिकार खोसिएको संकेत गरिन्। केही बेरअघि उनलाई प्रहरीले बुद्धनगरस्थित घरबाट गिरफ्तार गरेको हो। गिरफ्तारी दिँदै रामकुमारी झाँक्रीले भनेकी छन्ः हामीले लडेर ल्याएको लोकतन्त्र खोसिँदैछ। यो घडीसम्म आइपुग्दा आज पनि हामी लोकतन्त्रकै […]
देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा […]
२९ माघ, काठमाडौं । सरकारले सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो । यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, […]
२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने । आफूहरुले […]
२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । प्रचण्ड–माधव समूहले भने राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले […]
२९ माघ, काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘ केपी ओली ताना शाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’ उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताएका छन् । ‘अहिले सर्वोच्चको इमानको परीक्षा हुँदैछ, संसद […]
२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् । सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले सो टिप्पणी गरेका हुन् […]
२९ माघ, काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । […]
२८ माघ, काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले केन्द्रीय महाधिवेशनको आयोजक बन्ने प्रस्ताव गरेको छ । शाखा अध्यक्ष जगन्नाथ दुलालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महाधिवेशन काठमाडौंमा आयोजना गर्न केन्द्रीय समितिसमक्ष प्रस्ताव गरेको हो । बर्दियामा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने तय गरे पनि स्थान भने […]
२८ माघ, काठमाडौं । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ।निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । […]
२७ माघ, जनकपुरधाम । स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकसहित कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकालाई पहिलो चरणमा खोप दिने गरी सरकारले निर्देशिका बनाए पनि प्रदेश २ मा जथाभावी तरिकाले खोप लगाएको पाइएको छ । मन्त्री, राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले यो खोप पहिलो चरणमै लगाएका छन् भने कतै स्वास्थ्यकर्मीले नै खोप लगाउन बाँकी देखिएको […]