होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावकाे तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह
समाचार

चुनावकाे तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह

  • नागरिक रैबार
चुनावकाे तयारी तीव्र बनाउन प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ।निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम गरिरहेको समेत जानकारी गराउनुभएको छ ।

मङ्गलवारको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादबारे छलफल नभएको पनि निर्वाचन आयोगले जनाएको छ ।

विज्ञापन

चुनावकाे कामलाई निरन्तर अघि बढाउन आयोगका पदाधिकारीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले त्यसका लागि सबै प्रकारका स्रोत, साधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाउनुभएको थियो ।
त्यस अवसरमा नेकपा विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्काे निवेदन पनि प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानुन, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले मूलतः चुनावकाे तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका लागि जानुभएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको उहाँका सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट चुनावसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिनुभएका पूर्वसभामुख सुवास नेम्वाङलगायत ओली समूहका नेता आयोग पुग्नुभएको थियो ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ ।

नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार