होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अदालतमा हुने मुद्दामामिलाका क्रममा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइए पनि राष्ट्रपति स्वयंलाई भने विपक्षी बनाउन मिल्दैन । ‘संविधानको पालना र संरक्षणको भूमिकामा रहेको व्यक्ति (राष्ट्रपति) ले गैरसंवैधानिक रूपमा आएको सिफारिस तत्काल कार्यान्वयन गर्न हुँदैनथ्यो,’ अधिवक्ता टीकाराम भट्टराईले बहसका क्रममा भने, ‘विगतका प्रतिनिधिसभा विघटनको अवस्थामा तत्कालीन श्री ५ (राजा) ले पनि छलफल र परामर्श गरेका उदाहरण छन् । राजाले […]
काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मुलपानीबाट गएराति उनलाई पक्रेको हो । हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई […]
धनगढीः सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप भण्डारणका लागि बिहीबार खोप सामाग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ। संघीय सरकारको निर्देशनबमोजिम भण्डारण कक्षको व्यवस्थापन गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदमबहादुर बिष्टले दिनेशखबरलाई बताए। संघीय सरकारले भारतबाट अनुमदानमा प्राप्त के–कति खोप सुदूरपश्चिमका लागि […]
धनगढी : बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जिल्लाको पुर्चौँडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत ४ सय ५४ जनाले १ सय दिने रोजगारी पाएका छन् । रोजगारी पाएकामध्ये २ सय ९७ महिला र १ सय ५७ जना पुरुष रहेका छन् । छनौट भएकाहरुलाई एक दिने अभिमुखीकरण तालिम दिई […]
९ माघ, जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन […]
८ माघ, काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी १५ असार २०६९ […]
८ माघ, काठमाडौं । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन् । अहिले घटनास्थलमा १० ओटा दमकल पुगेका छन् र […]
८ माघ, काठमाडौं । पाकिस्तानले मन्ध्यम दुरी क्षमताको मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार दुई हजार ७५० किलोमिटर दुरी क्षमताको साहीन तेस्रो ब्यालेस्टिक मिसलाइल सफलतापूर्वक परीक्षण गरिएको हो । पाकिस्तानका अनुसार यो परीक्षणको अन्तिम बिन्दु अरेबियन सागर थियो । पाकिस्तानको उक्त मिसाइल परीक्षणको अवलोकन पाकिस्तानको ज्वइन्ट चिफ्स अफ कमिटिका अध्यक्षले […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका […]
८ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताए । ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने […]
धनगढी: कञ्चनपुरमा हराइरहेकी महिला फेला परेकी छिन्। जिल्लाको भीमदत्त नगरपालिका–८ हल्दुखालकी ३० वर्षीया विन्दु पन्त पाण्डेय हराएको ३ दिनपछि फेला परेकी हुन। मंगलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। खोजीका क्रममा बुधबार(हिजो) उनको साइकल भीमदत्त नगरपालिका–९ मा फेला […]
८ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् । ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, […]
८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले भोलि काठमाडौंमा हुने प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने बताएको छ । तर आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने षड्यन्त्रप्रति सचेत हुनुपर्ने बताएको छ । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ । समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार माइतीघर, […]
दार्चुला: दार्चुलाका एक वडाअध्यक्षले पदबाट राजिनामा दिएका छन्। जिल्लाको लेकम गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष महेन्द्रराज जोशीले पदबाट राजिनामा दिएका हुन। वडाअध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि सिफारिस च्यातेको, सेवा ग्राहीलाई सिफारिस नदिएको आरोप लागेपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विरबहादुर ऐर समक्ष राजिनामा बुझाएका हुन। प्रमुख प्रशासकिय अधिकृत ऐरले वडा अध्यक्ष जोशीले […]
बैतडी: स्थानीयहरुको श्रमदानमा निर्माण भएको सडकमार्गबाट बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा पहिलोपटक जीप पुगेको छ। सेरा–नङरौ–डिलाशैनी–मठैराज सडकखण्ड अन्तर्गत धामीगाउँमा जीप सञ्चालन भएपछि स्थानीयवासी हर्षित भएका छन्। सो सडक अहिलेसम्म १७ किलोमिटर निर्माण भइसकेको र अहिले पनि निर्माणकै चरणमा रहेको स्थानीयले बताएका छन्। सडक निर्माणका लागि प्रदेश सरकारको सहयोगमा ४ किलोमिटर खनिएको र बाँकी १३ किलोमिटर […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा बिहीबार बहस गर्दै अधिवक्ता टीकाराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा (१) अनुसार नभई धारा ७६ को उपधारा (२) अनुसारको प्रधानमन्त्री रहेको दावी गरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदनमा संविधानको धारा ७६ (२) अनुसारको सरकार भनेर उल्लेख गरिएको तर […]
८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निरन्तर उठाइरहेको प्रश्न हो, बहुमतप्राप्त दलले सरकार चलाउँदिन भन्यो भने के गर्ने ? उनले बहसमा सहभागी अधिकांश वकिलहरुलाई यो प्रश्न गरेका छन्, बहुमतप्राप्त दलले सरकार चलाउँदिन भनेर जनतामा जान पाउने कि नपाउने ? बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना […]
काठमाण्डाै – भारतबाट आएको काेराेना भाइरसविरुद्धकाे १० लाख डाेज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनुभएको छ । भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उहाँले अबको हप्ता/१० दिनमा खोप वितरण गर्ने बताउनुभएको हो । उहाँले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउनुभयो । उहाँले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । हामी सधैं प्रेस स्वतन्त्रताको छौं र हुनेछौं । श्रमजीवी पत्रकारको समस्य […]
८ माघ, काठमाडौं । संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना राजपत्रमा प्रकाशित नभएको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा उठेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेर निर्वाचनमा जाने सूचना जारी गरेकी थिइन् । तर उक्त सूचना राजपत्रमा आजसम्म आफूले नदेखेको भनी अधिवक्ताहरुले इजलासमा प्रश्न उठाएका छन् । […]