होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा न्यायाधीशले राष्ट्रपति कार्यालयको सूचना र मन्त्रिपरिषदको निर्णयको ब्यहोरामा भएको फरकबारे प्रश्न उठेको छ । संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बहुमतप्राप्त संसदीय दलको नेताको हैसियतमा मिति २०७४–११–०३ मा प्रधानमन्त्रीमा नियुक्ति भएको ब्यहोरा उल्लेख गरेको र राष्ट्रपतिले धारा ७६ (२) बमोजिम […]
काठमाडौँ — विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् । प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए […]
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित […]
२१ माघ, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट ४१ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको […]
२० माघ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् । महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको उनले बताए । नेकपा प्रवेश गर्नुको कारण यसरी सुनाए यावदले: राजनीतिक […]
२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले […]
काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले यति बेला देशका पहाडी भू-भागमा बाहेक मौसम सामान्यतया सफा रहेको जनाएको छ । हाल पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको विभागको भनाइ छ । मंगलबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले […]
लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो। पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो। जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढायो। फलस्वरुप प्रदेशसभा स्थापनाका दुई वर्षमा ५९ वटा कानून बने। पछिल्लो समय भने कोरोना महामारीका कारण […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले […]
काठमाडौं । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।‘मिति २०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको छ’ मंगलबार यस्तो सूचना पठाएर बैठक स्थगित भएको परिषद् सदस्यहरुलाई जानकारी दिइएको हो । यसअघि सभामुख अग्नि सापकोटाले विभिन्न आयोगका प्रमुख तथा सदस्यहरु नियुक्तिका लागि […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर […]
बझाङ : बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका -४ ठिङमा राखिएका ३ वटा वायु पंखाबाट विद्युत परिक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २४ लाखमा टेन्डर भएको उक्त आयोजनाले वडा नम्बर […]
काठमाडौं । वाग्मती प्रदेशको प्रदेशसभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । वागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै […]
नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट […]
काठमाडौँ : बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङको तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए । चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले बताए ।
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु […]
१९ माघ, बुटवल । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङको राजपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका हुन् । वडा नम्बर ३ को खरदरिया घाटबाट केसी निर्माण सेवालाई नदीजन्य पदार्थ […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद भंग गरेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र सदस्य अग्नि खरेलको पुरानो अभिव्यक्ति भाइरल बन्यो । दुबैले त्यसबेला अब प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने भनेका थिए र, अहिले संसद भंग हुँदा प्रधानमन्त्री ओलीको पक्षमा छन् । महान्यायाधिवक्ता भएकाले खरेल प्रतिनिधिसभा विघटनको बचाउ गर्नुपर्ने भएको छ […]
१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन् । बहसका क्रममा खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरे । निवेदकले ७६ (१) को सरकार भने पनि […]
काठमाडौँ — म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । याङ्गुनको सिटी हलमा सेना तस्बिर : रोयटर्स सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार […]