होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् […]
१७ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए […]
१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन । […]
काठमाडाैं, १६ फागुन । मन्त्रिपरिषद्ले २३ गते संसद् बैठक बस्नेगरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीति झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रूपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक नै अवरुद्ध हुने […]
धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका अभियुक्तमाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिन म्याद पाएको छ। अनुसन्धानका लागि पहिलो र दोस्रो गरि १० दिन म्याद पाएको प्रहरीले तेस्रो पटक ५ दिन म्याद पाएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्त मृतकका भाइ नाता समेत पर्ने दिनेश भट्टमाथि अनुसन्धान गर्न अदालतले ५ दिन थपेको जनाएको […]
खोटाङ- दलितले छोएको दही खाएको निहुँमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्य सामाजिक बहिष्कारमा परेका छन् । छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले विसं २०७६ जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा आचार्य सामाजिक बहिष्कारमा परेका हुन् । […]
काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन संघको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दलित समुदायबाट पत्रकारिता गर्ने पत्रकारको अधिकारका निम्ति स्थापित सङ्घको महाधिवेशनको तयारी […]
तेलंगना: भारतको तेलंगनामा भालेले आफ्नै मालिकको ज्यान लिएको छ । ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको हो । प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन लागिएको भाले भागेपछि मालिकले दौडेर समात्न खोज्दा भालेको खुट्टामा बाँधिएको चक्कु उनको पेट र तीघ्राबीचको भागमा लागेको थियो । प्रहरीका अनुसार अस्पतालमा पुग्नुअघि नै अत्याधिक रक्तश्रावका […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी […]
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाण्डाैमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको बताउनुभएको छ । कुनैबेला स्थायी कमिटी […]
पोर्ट ओ प्रिन्स– हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए । “घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ […]
काठमाडौं: नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट दुई […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टको असफलताका कारण बिदेशी प्रभाव र चलखेल बढेको बताएका छन् । आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रबादी आन्दोलनको आवश्यकतामा भएको बिचार व्यक्त गरे। राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको […]
१५ फागुन, चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब […]
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताएका छन् । जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताए । न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले म माथिको […]
काठमाडौं, १५ फागुन । सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पोखराको १५ गतेको आमसभा स्थगित भए पनि प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् । नेकपा ओली समूहको राम्रो पकड मानिएको गण्डकी प्रदेशमा पूर्वनिर्धारित कार्यक्रमअनुसार एक लाख मानिस उतारेर शक्ति प्रदर्शन गर्ने दाबी गरिए पनि स्थगित भएको छ । प्रधानमन्त्रीका विश्वासपात्र प्रदेश पार्टी इन्चार्ज एवं मुख्यमन्त्री […]
एजेन्सी : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि शुरु हुने भएको छ । सरकारी अधिकारीले […]
ऐजेन्सी: गरीबी एक रोग हो, जसको कुनै उपचार छैन। गरिबीले मानिसलाई बाध्यकारी बनाउन सक्छ। यस्तै घटना भएको छ भारत आन्ध्र प्रदेशको नेल्लोरमा। त्यहाँ, दैनिक मजदुरी गर्ने एक दम्पत्तिले आफ्नी कान्छी छोरीलाई बेचेको खबर सार्वजनिक भएको छ। उनीहरुले आफ्नी जेठी छोरीको उपचार गराउन कान्छी छोरीलाई १० हजारमा बेचेका थिए। पछि महिला तथा बाल कल्याण विभागका अधिकारीहरूले […]
१५ फागुन, कैलाली । गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले […]
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको […]