होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने
देश/प्रदेश

नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने

  • नागरिक रैबार
नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीवार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीवार सुनुवाइ सकिएको थियो । फैसला सुनाउने मिति फागुन २० लाई तोकिएको छ ।

विज्ञापन

नेकपाका अध्यक्ष कट्टेलले वि.सं. २०६९ सालमा नेकपा नामक पार्टी आफूले दर्ता गरेको तर पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि वि.संं. २०७५ साल जेठ ३ गते निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दर्ता गरेको विरुद्ध रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले त्यतिबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पार्टी नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको निर्णय गरेको थियो ।अध्यक्ष कट्टेलले वि.सं. २०७५ मंसिर २१ गते आयोगको उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमा फैसला हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार