होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निराश नेता र कार्यकर्तालाई सान्त्वना दिन पोखरा जाँदै प्रधानमन्त्री ओली
समाचार

निराश नेता र कार्यकर्तालाई सान्त्वना दिन पोखरा जाँदै प्रधानमन्त्री ओली

  • नागरिक रैबार
निराश नेता र कार्यकर्तालाई सान्त्वना दिन पोखरा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं, १५ फागुन । सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पोखराको १५ गतेको आमसभा स्थगित भए पनि प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् ।

नेकपा ओली समूहको राम्रो पकड मानिएको गण्डकी प्रदेशमा पूर्वनिर्धारित कार्यक्रमअनुसार एक लाख मानिस उतारेर शक्ति प्रदर्शन गर्ने दाबी गरिए पनि स्थगित भएको छ ।

प्रधानमन्त्रीका विश्वासपात्र प्रदेश पार्टी इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको समितिले सोमबार पोखरामा प्रधानमन्त्रीको भव्य स्वागत गर्दैछ ।

विज्ञापन

सर्वाेच्चले प्रतिनिधिसभा पुनर्स्थापनासँगै निराश भएका नेता, कार्यकर्तालाई सान्त्वना दिन प्रधानमन्त्री ओली पोखरा जान लागेको जनाइएको छ । पोखरा सभागृहमा सोमबार ११ बजे हुने प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

सोमबार हुने प्रशिक्षण कार्यक्रममा प्रदेशका ११ जिल्लाबाट एक हजार दुई सय हाराहारीमा कार्यकर्ता भेला हुने जनाइएको छ ।

सोमबार पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुनेछन् ।

यस्तै, जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुने जनाइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार