होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
साउन ६ धनगढीः नेकपा सुदूरपश्चिम कमिटीका अध्यक्ष नेता कर्णबहादुर थापाले भीम रावल आफूहरुतिर आए समस्या नहुने बताएका छन्। ‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्। नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम नगरेको उनको गुनासो थियो। संसद्मा फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको […]
नागरिक रैबार ६ साउन बाजुरा। बाजुरा जिल्ला हिमाली गाउँ पालिका वडा नं ०७ बाँधु माथिल्लो गाउँमा टोल कार्यसमिति गठन भएको छ ।नेपाली काङ्ग्रेसको भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै देशैभर काङ्ग्रेस महाधिवेशनमा जुटिरहेको छ । बाँधु वडा कार्यसमिति सभापति दिपचन्द्र उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नरदिप तिमिल्सिना सभापति रहनेगरी काङ्ग्रेसको बिधान अनुसार […]
काठमाडौँ — कोरोना संक्रमित बाजुराका सुरेश कठायत उपक्षेत्रीय अस्पताल डडेलधुरा भर्ना भएका थिए । कुरुवा बसेकी थिइन् पत्नी सरिता । उपचारकै क्रममा गत जेठ १५ मा कठायतको मृत्यु भयो । सरिताले खप्न सकिनन्, अस्पतालनजिकैको जंगलमा झुन्डिएको अवस्थामा फेला परिन् । श्रीमान्को मृत्युको पीडा सहन नसकेर उनले आत्महत्या गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष असार १९ मा संक्रमण […]
सिरहा– सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई […]
धनगढी: दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको र वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने […]
काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं कक्षा ११ […]
६ साउन, धनगढी । कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना […]
६ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् […]
धनगढी : नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै छ। कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते […]
नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो । आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र […]
काठमाडौँ । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको […]
काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रेट बढेको छ । उनीहरुमाथि कारबाहीको धम्कीहरु आउन थालेपछि सुरक्षा बढाइएको छ । नेपाललाई यसअघि दिइएको सुरक्षाकर्मीभन्दा बढी संख्या थपिएको छ । उनको कोटेश्वरस्थित निवास र वरपर पनि सुरक्षाकर्मी बढाइएको छ ।यसैगरी, नेपालका विश्वासपात्र ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित […]
कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए […]
काठमाडौँ– सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षतिग्रस्त सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र […]
विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी […]
काठमाण्डौ – कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ।कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो। शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए। सीसीएमसीबाट […]
कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने […]
काठमाडौं । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी […]
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार आज मनसुनको न्यून […]