होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विषाक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ । गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो । प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर […]
चितवन– भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको […]
७ साउन, सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार घटनापछि कपिललाई प्रहरीले […]
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै जिल्लाहरुमा पनि नेतृत्वको होडबाजी सुरु भएको छ । सोही क्रममा प्रदेश १ का सबैजसो जिल्लामा सभापति पदका आकांक्षीहरु नेताहरुको विश्वास आर्जन गर्न र कार्यकर्ताहरुको मन जित्ने अभियानमा जुट्न थालेका छन् । काँग्रेसको जिल्ला सभापति पदका लागि पनि गुटगत प्रतिस्पर्धा हुने देखिन्छ । १३ औं महाधिवेशनको परिणाम […]
काठमाडौँ — नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको पाइएको छ । ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल […]
धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका […]
हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ। वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्रयाक्टरमा खोप ढुवानी गर्नुपरेको हो। गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ। भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको […]
काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् । तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको कामना […]
७ साउन, काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ । बुधबार राति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । सो जहाज आजै फेरि खोप लिन बेइजिङ जाने छ । यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज […]
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर […]
मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, […]
साउन ६ खोटाङ- खोटाङका स्थानीय किसान सिन्कौली (तेजपात) को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रूपमा प्रयोग हुने सिन्कौली (तेजपात) को पात तथा बोक्रा राम्रो मूल्यामा बिक्री हुने हुँदा किसान यो खेतीमा आकर्षित भएका हुन् । सिन्कौलीको बजारभाउबारे जाने-बुझेका किसानले हाल डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ एवं विभिन्न कृषि फार्मसँगको सहकार्यमा […]
चितवन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना शुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको […]
६ साउन, मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मर्स्याङ्दी नदीमा आएको बाढीपहिराले सडक सञ्जाल […]
६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको […]
६ साउन, धनगढी । नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा […]
धनगढी :सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनेबारे छलफल केन्द्रित भएको छ। केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा पनि सरकार बनाउनका लागि कसरत सुरु भएको हो। माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशमा विश्वासतको मत लिदा तटस्थ बसेको नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा माओवादी, एमालेको माधव समूह र जसपालाई मिलाएर सरकार बनाउने कसरत सुरु गरेको हो। काँग्रेस संसदीय दलका नेता […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका मन्त्रीहरु केहि दिनदेखि काठमाडौंमा छन्। सरकार फेरवदलको चर्चा चलिरहेका बेला मुख्यमन्त्री भट्ट र प्रचण्डबिच (आज) बुधबार भेटवार्ता भएको हो। मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिमका माओवादी नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले प्रचण्डलाई भेटेका […]
काठमाडौं । नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली काँंग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते […]
६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए […]