होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने
समाचार

कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने

  • नागरिक रैबार
कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने

६ साउन, धनगढी । कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो ।

 

विज्ञापन

मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन गर्न सकिने जनाएका हुन् ।

जारी आदेशमा त्रिभुुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले परीक्षार्थीहरुको आवागमनलाई दृष्टिगत गरेर सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको उल्लेख छ ।

कैलालीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई असारदेखि खुुकुलो बनाउदै लगिएको थियो । अहिले यहाँ मानिसको बढी भीडभाड हुने स्थान बाहेक बजार, व्यवसाय पूर्ण रुपमा खुुलिसकेका छन् । तर कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न स्थानीय प्रशासनले सबैसँग अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार