होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन बोलाउने सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त मन्त्रीपरिषद् हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने अर्को संभावित कार्यसूची राखिएको छ । राष्ट्रिय सभा बैठकको थप कार्यसुची […]
२ साउन, धनगढी । मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ । शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । […]
म्यानमारमा सैनिक ‘कू’ भएयता ७५ जना बालबालिकाको मृत्यु भएको र झन्डै १ हजार नाबालिग पक्राउ परेको विश्वासिलो सूचना प्राप्त भएको राष्ट्रसंघले जनाएको छ । कोभिड १९ ले सिर्जना गरेको स्वास्थ आपतकालबीच देशमा राजनीतिक संकट गहिरिँदै गएको पनि राष्ट्रसंघका विज्ञहरुले जनाएका छन् । ‘म्यानमारका बालबालिका कब्जामा छन् र सैन्य ‘कू’ का कारण जीवनको विध्वंशकारी क्षति व्यहोर्दैछ’ […]
२ साउन, राँझा । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए पनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । […]
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् […]
अछाम– अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार करिब ३० वर्षकी महिलाको शव शनिबार चौरपाटी गाउँपालिका–४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो। दुई जना बालकले नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले शव कसको हो भन्नेबारे पत्ता लागि नगसकेको […]
डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा हरिप्रसाद भट्टले उम्मेदवारी दिने भएका छन्। शनिबार नेपाली काँग्रेसका नेता एवं अमरगढी नगरपालिकाका पूर्व मेयर मोहनराज पाठकको नेतृत्वमा जिल्ला सदरमुकाममा बसेको भेलाले भट्टलाई पार्टीको सातौं अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं अभिवक्ता भट्टले जिल्लामा रहेको पार्टीको गुटलाई एकताका साथै आगामी हुने […]
धनगढीः शुक्रबार मात्रै कैलालीमा छाडा पशु चौपायासँग ठोक्किदा मोटरसाइल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ६ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा से३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जोशीपुर गाउँपालिका–२ का २६ वर्षीय पदम चौधरीको ज्यान गएको हो। बुधबार गड्डाचौकी जोड्ने पूर्व–पश्चिम राजमार्गस्थित दोदा नदी नजिक एक गाई सवारी साधनको ठक्करबाट मरेको थियो। झलारी बजार नजिक्कै एक […]
बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् । यस्तै देशभर […]
ओखलढुंगामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ३२ वर्षीय सुत्केरी सुनिता लामिछानेको अत्याधिक रक्तश्रावका कारण ज्यान भएको हो । बिहीबार बेलुकादेखि सुत्केरी बेथा लागेर छट्पटाएकी लामिछानेले शुक्रबार बिहान परिवारको तेस्रो सदस्यको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । छोरीलाई जन्म दिएको केही समयपछि अत्याधिक पेट दुख्ने तथा रगत […]
जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुँदा रक्त सङ्कलनमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गरेका थिए । बिरामीलाई […]
भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावनी […]
धनगढीः डोटीमा तीन जंगली च्याउ खाँदा तीन जना बालक बिरामी भएका छन्। शिखर नगरपालिकाको वडा नम्बर ५ तीजालीका तीन बालक जंगली च्याउ खाँदा बिरामी भएका हुन्। तीजालीका स्थानीय पवन साउदका १० वर्षीय छोरा रमेश, शेरबहादुर साउदका ६ वर्षीय छोरा महेश र विष्णु ताम्राकारका ७ वर्षीय छोरा आदित्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। […]
अघिल्लो आइतबार कवि श्रवण मुकारुङ ‘बौलाए’ । सम्भवतः उनको टाउको फनफनी घुम्यो । आँखा तिर्मिर-तिर्मिर भए । उनको दुःखेसो त, ‘नाथे स्वास्थ्य क्षेत्र शुद्धीकरण नगरेकोमा’ थियो । तर, उनलाई दशा लाग्यो । आफ्नै पैतालाले कहाँ टेकिएको छ ? भेउ पाएनन् । उनी रन्थनिए । बिहान ११ नबज्दैको घटना । नागरिक आन्दोलनमा सम्मिलित भएर सिंहदरबारनिर मात्र […]
दार्चुला — छाङरुकी सरु बोहरा सात दशक टेक्दैछिन् । सन्तान हुर्काइसकेकी उनी आराम गरेर बस्नुपर्ने बेला एकतमासले सुइरो चलाउँदै स्वीटर बुनिरहेकी छन् । जेठा छोरा नरेशसिंह बोहरा काठमाडौंमा छन् । जो लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दुई छोरा सपरिवार अमेरिकामा छन् । सरु भने पतिसँगै छाङरुमै बस्छिन् । ७७ वर्षीया राधा बोहरा पनि पतिसँगै छाङरुमा छिन् । छोरा हेमेन्द्रसिंह […]
पोखरा — सेती नदीमा हामफाल्न खोज्दा जालीमा अड्किएकी १७ वर्षीया किशोरीलाई प्रहरीले जेठ १८ मा पोखराको केआई सिंह पुलबाट उद्धार गर्यो । मानसिक रूपमा विक्षिप्त रहेकी उनलाई वडा प्रहरी कार्यालय बगरले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा पठायो । एक महिनासम्मको मनोसामाजिक परामर्शपछि किशोरी बल्ल बोल्न सक्ने भएकी छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी […]
रौतहट । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो तिन बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए । यादवको आजै उनकै […]
महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् । नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए । […]
२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार […]
धनगढी : सरकारले वृद्धि गरेको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकोमा भाडादर सार्वजनिक गरेको हो। सार्वजनिकभाडादर अनुसार सुदूरपश्चिमकाे एउटै रुटमा पाँच सय रुपैयाँसम्म भाडा बढेको छ। सार्वजनिक भएको सूचीअनुसार सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५६५ रुपैयाँ भाडा बढेर २५८२ पुगेको छ। […]