होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषणा
देश/प्रदेश

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • नागरिक रैबार
सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ– सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षतिग्रस्त सिन्धुपाल्चोक र मनाङलाई विपद्‌ संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिएका हुन् ।

यस वर्ष सिन्धुपाल्चोकमा आएको बाढीले २६ जनाको घर बगेको छ भने ५६९ जना विस्थापित भएका छन् ।सिन्धुपाल्चोकमा जेठ ३१ देखि आजसम्ममा मनसुनजन्य घटनामा परी २० जना बेपत्ता भएका छन् भने ५ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

विज्ञापन

यस्तै मनाङमा बाढीमा परेर ५० घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।यस वर्ष मनसुनबाट ६३ जनाको मृत्यु भएको, ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै