होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • माधव नेपाल पक्षीय सांसदमाथि सुरक्षा थ्रेट, घर-घरमा सुरक्षाकर्मीको घेरा
देश/प्रदेश

माधव नेपाल पक्षीय सांसदमाथि सुरक्षा थ्रेट, घर-घरमा सुरक्षाकर्मीको घेरा

  • नागरिक रैबार
माधव नेपाल पक्षीय सांसदमाथि सुरक्षा थ्रेट, घर-घरमा सुरक्षाकर्मीको घेरा

काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय सांसदहरुमाथि सुरक्षा थ्रेट बढेको छ । उनीहरुमाथि कारबाहीको धम्कीहरु आउन थालेपछि सुरक्षा बढाइएको छ ।

नेपाललाई यसअघि दिइएको सुरक्षाकर्मीभन्दा बढी संख्या थपिएको छ । उनको कोटेश्वरस्थित निवास र वरपर पनि सुरक्षाकर्मी बढाइएको छ ।यसैगरी, नेपालका विश्वासपात्र ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद कृष्णलाल महर्जनमाथि पनि सुरक्षा थ्रेट बढेको छ । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युथ फोर्सका कार्यकर्ताले आक्रमण गर्न सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

कृष्णलाल महर्जनको बालकुमारीस्थित घरमा सुरक्षाकर्मी बढी संख्यामा पुगेका छन् । त्यस वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । युथ फोर्सले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुको घर घेर्ने सम्मको कदमहरु चाल्न थालेको छ । त्यसकारण पनि सुरक्षाकर्मी बढाइएको हो ।

विज्ञापन

युथ फोर्सको पछिल्लो सक्रियतासँगै भिडन्तका घटनाहरुको खतरा बढेको छ । त्यसकारण पनि सुरक्षाकर्मी सांसदहरुको घर बाहिर बढाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार