होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध जटिल बनेको विश्लेषण कूटनीतिक मामिलाका विज्ञहरूले गरेका छन् । ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण दुवै छिमेकीका नजरमा नेपालले साख गुमाएको उनीहरूको ठम्याइ छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]
कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने निर्णय गरेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका छन् । त्यसैगरी बुधबार नै स्वास्थ्यकर्मीहरुको जस्तै राष्ट्रिय […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्व माओवादी […]
३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि मंगलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकको एउटा तस्वीर बुधबार सामाजिक सञ्जालमा भाइरल छ । राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रोशन सापकोटाले खिचेको मन्त्रिपरिषद् बैठककक्षको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा पट्टी लगाएको जस्तो देखिन्छ । देउवालाई प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति कार्यालयले प्रयोग गरेको भाषाका कारण विवाद […]
काठमाडौं, ३० असार । देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारी भएको छ । एकीकृत कम्युनिस्ट पार्टी गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले तयारी थालेका हुन् । विश्वस्त स्रोतका अनुसार प्रचण्ड, नेपाल र गौतमबीच विभिन्न चरणमा छलफल भइसकेको छ […]
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन्। सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो। सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ। आज मात्रै बालकोट पुगेका ओलीले नेता […]
३० असार, गलेश्वर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदुरलाई स्थानीय तह र विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै जीविकोपार्जन गर्ने गन्धर्वहरुको पेशा नै संकटमा परेको छ । […]
विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरसको संक्रमण पुनः बढ्न थालेको छ । देशको आधाभन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूरा मात्रा दिइसकेको मुलुकमा समेत पछिल्लो समय संक्रमण दर बढ्न थालेको छ । केही देशले लकडाउन अन्त्य गर्न तयारी गरिरहेको अवस्थामा संक्रमण दर बढ्न थालेसँगै पुनः कडा प्रतिबन्ध लगाउन थालेका छन् । फाइजर, मोडर्ना जस्ता खोप कम्पनीले दुई डोजपछि […]
बैतडीः बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उप–प्रमुख राधा ओझाले बताइन् । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष […]
काठमाडौँ : रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोलेका थिए, “रुकुमको सोतीमा दलितका कारण घटना भएको हो । उनीहरुलाई कसैले मारेको होइन । गाउँलेले लकडाउनमा लखेट्दा भेरीमा हाम फाल्दा डुबेर मरेका हुन् ।” यो रेकर्ड संघीय संसदमा अहिले पनि सुरक्षित छ । सामाजिक सञ्जाल युट्युब, […]
काठमाडौं : दोस्रो पटक पुनर्स्थापित संसदको अवधि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ। विपक्षमा उभिए संसद पुनः धरापमा पर्नेछ। सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरे पनि एक महिनाभित्र उनले संसदमा विश्वासको मत लिने अवस्थासम्म एमालेले गर्ने […]
काठमाडौँ — संविधान र कानुनलाई कुल्चिँदै स्वेच्छाचारी निर्णय गर्दै हिँडेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बहिर्गमनको आक्रोश सर्वोच्च अदालतमाथि पोखेका छन् । संविधानका धारा कुल्चेर पटकपटक जनप्रतिनिधिमूलक थलो प्रतिनिधिसभा विघटन गरेका उनले स्वेच्छाचारी कदममा रोक लगाएबापत अदालतप्रति गम्भीर आरोपहरू लगाएका छन् । उनले सर्वोच्च अदालतले संविधानको अपव्याख्या गर्दै ‘संविधान नै संशोधन’ गरेको आरोप लगाए ।‘निश्चित व्यक्तिका निश्चित […]
३० असार, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’ यो सबैको साझा प्रतिवद्धता […]
३० असार, म्याग्दी । जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए । “आफ्नै भवन नभएको र […]
३० असार, काठमाडौं ।नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् […]
महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान […]
काठमाडौँ – आफुलाई ‘सामाजिक अभियानी’ दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित ४ जना धरौटी तिरेर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले ज्वाला सङ्ग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मङ्गलबार अदालतको आदेशपछि उनीहरू […]
काठमाडौँ– नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । “बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्”, आयोगका अध्यक्ष […]
काठमाडौं, असार ३० । मन्त्रिपरिषद्को पहिलो बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केपी ओली नेतृत्वको सरकारले गरेको खर्चको हालसम्मको विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ताको जिम्मेवारी पाएका कानुन, न्याय तथा संसदीय […]
धनगढी: अछाममा पहिरोले सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अछामबाट सुर्खेत जाने सो सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ।