होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • काँग्रेस नेता यादवको निधन
देश/प्रदेश

काँग्रेस नेता यादवको निधन

  • नागरिक रैबार
काँग्रेस नेता यादवको निधन

रौतहट । नेपाली काँग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ। ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पछिल्लो तिन बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो ।

उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए ।

विज्ञापन

यादवको आजै उनकै गाउँ बृन्दाबन नगरपालिका ८ बहुअरी छेउमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

यसअघि क्षेत्र ४ का उनी काँग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए । उनको २ छोरा र १ छोरी रहेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै