होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, भदौ ७ । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित […]
काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]
काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। […]
६ भदौ, धनगढी। नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर […]
काठमाडौँ– मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ । आज राति प्रदेश […]
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सनाखतका लागि बुधवारको समय […]
काठमाडौं । नेकपा एमालेबाट अलग भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन आयोगमा पार्टी नाम परिवर्तन सहित निवेदन दिएका छन् । बुधबार नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको भएपनि आयोगले अर्को नाम ल्याउन भनेपछि नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । ‘एमाले राख्न नदिइएपछि हामीले नयाँ नाम प्रस्ताव गरेका छौं । चुनाव चिन्हबारे छलफल चलिरहेको छ’, […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
धनगढी : केपी शर्मा ओली र माधवकुमार नेपालबीच दूरी बढेदेखि नै सुदूरपश्चिमका अधिकांश प्रदेश सांसदले नेपाललाई साथ दिदै आएका छन्। पछिल्लो समय माओवादी नेतृत्वको प्रदेश सरकारले विश्वासको मत पाउँदा एमालेका १७ जना माधव समूह र ७ जना ओली पक्षमा खुलेका थिए। पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् । उनका अनुसार नेपाली सेना […]
३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा उनीहरु एउटै मञ्चमा देखिएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको […]
काठमाडौँ — नेकपा एमाले फुटको असर देशका सातै प्रदेशमा देखिएको छ । अधिकांश प्रदेशमा केपी शर्मा ओली पक्ष हावी देखिएको छ । कतिपय स्थानमा विगतमा माधवकुमार नेपालको समर्थनमा रहेका नेताहरू नयाँ पार्टीको पनि पक्षमा नखुलिसकेकाले फुटको स्पष्ट चित्र आउन केही दिन लाग्ने देखिएको छ । अहिलेकै अवस्थामा भने प्रदेश २ मा नेपाल पक्ष बलियो देखिएको छ भने लुम्बिनीमा […]
धनगढी : सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ। विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले नेपालको साथ छोडेको चर्चा पनि छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्। उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा […]
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव परेका देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाले आज न्युन चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै […]
बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी छ । बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी छिन् […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले माधवकुमार नेपाललाई साथ दिएकी छन् । प्रदेश सरकारको प्रवक्तासमेत रहेकी जोशी नेपालले दर्ता गराएको एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा छिन् । जोशीसँगै प्रदेशसभा सदस्य एंवम् पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि माधव नेपाललाई साथ दिएकी छन् । […]
धनगढी: बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्। यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम […]
काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराइसकेको छ। नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको छ। नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले […]
हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए । वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त रहेको छ । एमाले सांसद पशुपति चौलागाईंको निधन भएको कारण रिक्त […]
जसपाका असन्तुष्ट नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।नयाँ दल दर्ताका लागि महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू निर्वाचन आयोगसँग परामर्श गरिरहेका छन् । उनीहरूले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेर दर्ता गर्दैछन् । र, उक्त पार्टीको निर्वाचन चिह्न साइकल हुनेछ । ठाकुर समूहमा १२ जना सांसद […]