होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ। संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेसंगै नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी गरेको हो। नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी […]
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय गरेको सांसद मुनु सिग्देलले जानकारी दिइन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको असन्तुष्ट पक्ष (माधव नेपाल समूह) नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो । मंगलबार सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपति […]
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए । ‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले […]
हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकटका सांसद र नेताको छुट्टै भेला आयोजना गरेका छन्। भेलामा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद र नेताको सहभागीता रहेको छ। रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कुन पक्षमा लाग्ने भन्ने विषयमा परामर्श थालेका हुन्। पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल […]
१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा […]
१ भदौ, काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत लालबहादुर पुनका अनुसार […]
सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले यसअघिका […]
१ भदौ, काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले […]
धनगढी: निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गरेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्। निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका […]
डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ । साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा […]
१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ ।जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]
काठमाडौं । सोमबार मध्यरात हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पन्ने वक्तव्य जारी गरी पार्टी एकताको पक्षमा उभिन आहृवान गरेका छन् । ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु’, राति एघार बज्नै लाग्दा जारी वक्तव्यमा उल्लेख […]
काठमाडौँ — तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारको उद्धार थालेका छन् । उद्धार गर्नुअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ । सबैभन्दा बढी नेपाली सुरक्षा गार्ड सप्लाई गर्ने गार्डा वर्ल्ड सुरक्षा कम्पनीले स्वदेश फर्कने सूचीमा राखिएका नेपालीलाई आइतबार दिनभरि पीसीआर परीक्षण गराएको थियो । उद्धार गरिएका नेपालीलाई दुबई, […]
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन्। विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै घानी हवाई मार्गबाट ताजिकिस्तान गएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। सुरक्षाका कारण घानी कहाँ छन् भन्नेबारे राष्ट्रपति कार्यालयले कुनै जानकारी दिएको छैन।समाचार संस्था एपीले स्रोतहरूलाई उद्धृत गर्दै घानीले अफगानिस्तान छोडेको बताएको छ। तालिबानका एक जना प्रतिनिधिले […]
सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन । रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको ६ लेन सडक निर्माणको काम यही अवस्थामा […]
गुल्मी । गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । मल्लरानी गाउँपालिका वडानम्बर-३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी […]
काठमाडौं । सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो […]