होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी राखेको छ । धनगढीमा बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अझै सुरु भएको छंन । सभापतिसहिका पदाधिकारीहरूमा सर्वसम्मतिको प्रयास भइरहेकाले शुक्रबार बिहान ८ बजेका लागि तय भएको मनोनयन दर्तालगायतको निर्वाचन कार्यतालिका हेरफेर गरिएको प्रचारप्रचार […]
धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका केही स्थानमा आज वर्षा भइरहेको छ। सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा वर्षा भइरहेको हो। यस्तै वर्षाका कारण हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिमका अन्य स्थानहरुमा समेत सामान्यदेखि पूर्णतया बदली रहेको छ। पहाडका बैतडी, बझाङ, बाजुरा लगायतका केही स्थानमा वर्षा भैरहेको बताइएको छ।
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको […]
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो । ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा […]
वीरेन्द्रनगर — सुर्खेत–दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले बुधबारदेखि पुस १४ गतेसम्म सडक बन्द गराइएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी सजना पोखरेलले उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको […]
काठमाडौँ — निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन् […]
काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् ।बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालले बताए । उनका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा छन् ।उनीहरुको कोठामा कोइला […]
काठमाडौँ — सर्लाहीको पर्सा गाउँपालिका–५ पर्साकी १६ वर्षीया अञ्जली साह गाउँपालिकाको एकदिने अध्यक्ष बनेकी छन् । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानका क्रममा उनी अध्यक्ष बनेकी हुन् । वाग्मती सेवा समाज सर्लाहीले अञ्जलीलाई मंगलबार अध्यक्ष बन्ने मौका जुराइदिएको थियो । गाउँपालिका अध्यक्ष किशुनदेव रायले अञ्जलीलाई पदभार ग्रहण गराए । उनले यस्ता कार्यक्रमले किशोर तथा किशोरीलाई लैंगिक हिंसाविरुद्धको अभियानमा टेवा पुग्ने […]
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । सो पार्टीले कैलालीका १३, कञ्चनपुरका ३, डोटीका ८, अछामका ३, बैतडीका १ पालिकामा सम्मेलन सम्पन्न भएका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरद सिंह भण्डारीले जानकारी दिए । त्यस्तै बझाङका ३, दार्चुलामा ३, बाजुरामा २ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । […]
विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ। शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मंगलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल […]
धादिङ : बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन्। ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन्। खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन्। घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो। नत्र हातमुख जोर्ने अर्को […]
धनगढी : नेकपा (एमाले)को केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २९ जना परेका छन्। एकजना पदाधिकारी, २५ जना केन्द्रीय सदस्य र तीन जना विभिन्न आयोगमा चयन भएका हुन्। एमालेको सचिवमा कैलालीका लेखराज भट्ट विजयी भएका छन्। यस्तै केन्द्रीय सदस्यमा भीम रावलसहित २५ जना विजयी भएका छन्। रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा भने विजयी भएका हुन्। एमालेमा […]
नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । यस्तै बागमती प्रदेशमा चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अधिवेशन सम्पन्न भएको छैन […]
हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रणालीका […]
धनगढी : सुदूरपश्चिम सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न फेरि सूचना प्रकाशन गरेको छ। नेपालमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरेको हो। सुदूरपश्चिमका दलित, आदिवासी जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिए क्षेत्रका जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिने सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाका शाखा अधिकृत […]
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी […]
बेनीः जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु भएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको हो। बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु […]
वीरेन्द्र भट्ट, धनगढीः ‘बस्ने घर छैन। शरीर ढाक्ने फाँटो छैन। खाने अन्न छैन। कहाँ छ सरकार कहाँ छौँ हामी’ बाजुराकी गंगा सुनारले दुःख पोख्दै भनिन्। २ छाक खानकै लागि दिनभरी काम गर्दा पनि मजदुरी गरेको पैसा नपाएर भोकभोकै बस्नुपरेको पीडा बडिमालिका नगरपालिकाकी बस्दै आएकी ५७ वर्षीया सुनारको छ। सोमबार धनगढीमा आयोजित संकटासन्न व्यक्ति र समुदायका […]
धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय कमिटीको प्रस्तावित नाम सूची पेश गरेका छन्। उनले विगतको केन्द्रीय कमिटीका अधिकांसलाई समेट्दै नयाँ नामहरू थपेर पेश गरेका हुन्। उनले पेश गरेको सूचीमा सुदूरपश्चिमका २२ जना परेका छन्। प्रस्तावित केन्द्रीय कमिटिमा लेखराज भट्ट, कर्णबहादुर थापा, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, नरबहादुर […]