होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली भेगका १२–१७ वर्षका बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी
समाचार

हिमाली भेगका १२–१७ वर्षका बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी

  • नागरिक रैबार
हिमाली भेगका १२–१७ वर्षका बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी

काठमाडौं । सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको बताए ।

विज्ञापन

दाहालले  भने, ‘हिमाली जिल्लाका बालबालिकालाई अहिले खोप लगाउन सकिने अनुकुल अवस्था छ/छैन भन्नेबारे बुधबार उक्त क्षेत्रका अधिकारीहरुसँग छलफल गर्दैछौं । उहाँहरुको सुझाव अनुसार नै बालबालिकालाई खोप लगाउँछौं ।’

तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज माडर्ना खोप प्राप्त हुने दाहालको भनाइ छ । खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार