होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • प्रदेश १
  • झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्
प्रदेश १

झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्

  • नागरिक रैबार
झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाको सङ्ख्या एक सय ४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र ज्येष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल सङ्ख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् ।

उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती हराएका छन् । उनीहरूको सङ्ख्या एक सय ३४ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आर्थिक वर्ष ०७८/७९ को कात्तिक मसान्तसम्ममा हराएकामध्ये ४३ प्रतिशत पुरुष, ४४ प्रतिशत महिला, ७४ प्रतिशत बालबालिका तथा ३० प्रतिशत ज्येष्ठ नागरिक फेला परेको उनले बताए । हराएकामध्ये चालू आव ०७८/७९ को कात्तिक मसान्तसम्म एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

यस्तै, गत आव ०७७/७८ मा आठ सय आठ जना मानिस हराएका थिए । जसमा सबैभन्दा धेरै महिला हराएको प्रहरीले जनाएको छ । पुरुष एक सय ६६, महिला चार सय २४, बालबालिका एक सय ८८ र ज्येष्ठ नागरिक ३० जना हराएको प्रहरीले जनाएको छ ।

हराएकामध्ये ४२ प्रतिशत अर्थात् चार सय ४० जना अझै फेला नपरेको तथ्याङ्क प्रहरीसँग छ । हराएकामध्ये १८ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै तीन सय ४७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकामध्ये ४९ प्रतिशत पुरुष, ५३ प्रतिशत महिला, ७६ प्रतिशत बालबालिका तथा ६७ प्रतिशत ज्येष्ठ नागरिक फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा हराएकामध्ये पाँच जना मृत अवस्थामा फेला परेको पाठकले जानकारी दिए ।

घरायसी समस्या, आर्थिक अभाव, माया प्रेम, मानसिक असन्तुलन, सङ्गत, मादक पदार्थ र लागुऔषधका कारणले हराउने गरेको डिएसपी पाठकले जानकारी दिए । प्रहरीको तथ्याङ्क हेर्दा बर्सेनि हराएकामध्ये करिब आधा मात्र फेला परेको देखिन्छ । यद्यपि मानिस फेला परे पनि प्रहरीलाई जानकारी नगराउँदा नभेटिएकाको सङ्ख्या धेरै भएको पाठकले बताए ।

‘मानिस हराएपछि सबैले प्रहरीमा जानकारी गराउँछन् । तर, भेटिएपछि वास्ता गर्दैनन् । त्यो हुँदा नभेटिनेको सङ्ख्या धेरै देखिन्छ । तर, त्यो मान्छे भेटिएको हुन्छ,’ उनले भने, ‘भेटिएपछि खबर गर्ने चलन छैन । तर, प्रहरीकहाँ भएको तथ्यांकले चाहिँ नभेटिने धेरै देखिन्छ । तर, ती मान्छे भेटिएका पनि हुन्छन् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार