होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले भारतले महाकाली नदीको बहाव नेपालतिर फर्काउने गरी तटबन्ध गरिरहेको प्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो देशको सीमाना विस्तार गर्ने र नेपालको सीमामा बनाइएको तटबन्धमा क्षति पुर्याई सदरमुकाम लगायत नेपाली भूमि नै डुबाउने उद्देश्यले यस्तो कार्य गरिन लागिएको जनाउँदै सो कार्य तत्काल रोक्नका लागि […]
पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । उनीहरुले गाउँपालिका–२ का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम […]
काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ । जिल्ला प्रहरी […]
सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो । नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक/एक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले […]
कर्णालीका सबै गाउँमा पानीको शुद्धता मापनका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले परीक्षणको काम सुरु गरेको छ । १० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित १० जिल्लामा पठाएको हाे । विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई […]
बैतडी –नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री […]
पाल्पा । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवर्द्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो । लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ । ब्राण्डिङ […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेताहरुले गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनप्रति सकारात्मक भए पनि दोस्रो पंक्तिका नेताहरुले उत्ताउलो कुरा गर्ने गरेको टिप्पणी कांग्रेसभित्रै भइरहेको बताए । ‘शीर्ष नेतृत्वले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका […]
काठमाडौं । अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ । गृह मन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना लिन लागिएको हो । उनीहरूको पोसाकका लागि समेत बजेट विनियोजन […]
धनगढी — प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा गरेको चार वर्ष पुग्न थाले पनि अहिलेसम्म राजधानी कहाँ बनाउने भन्ने सामान्य प्रक्रियासमेत पूरा गर्न सकेको छैन । ०७५ असोज १२ गते बसेको प्रदेशसभाको बैठकले चुरे भावर क्षेत्रको प्राचीन जैविकमार्ग क्षेत्र कैलालीको गोदावरी नगरपालिका वडा नं २ र ४ को तेघरी जंगलमा स्थायी राजधानी निर्माण गर्ने निर्णय गरेको थियो । […]
दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् । ‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडिएको सबैभन्दा महत्वपूर्ण कुरा हो’ उनले भने, ‘यसमा राजनीतीकरण गर्न थालिए […]
साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ । मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो । अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर–१४ पातलकोटमा […]
रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ ।जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक […]
काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए । ‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उनले भने, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’ यही फागुन १५ गते प्रतिनिधिसभाले १२ […]
a, काठमाडौं । अनुमतिबिना विभिन्न स्थानमा उडाउँदा जफत भएका २० वटा ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ । मानवरहित हवाई उपकरणहरु जफत भएपछि प्राधिकरणमा बुझाउने गरिन्छ । खासगरी गृह प्रशासनबाट यस्तो ड्रोनहरु जफत हुने गरेको छ । प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो । २० वटा […]
धनगढीः हिजोदेखि नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ। उक्त अडियो एमालेकै अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली पालले गाली गरेको भएको खुलेको छ। उनले अडियोमा भनेका छन् […]