होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत
समाचार

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत

  • नागरिक रैबार
प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् ।पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए ।

उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् ।यसैगरी महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।

विज्ञापन

असन्तुष्टि

गएराति बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिजालले गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाएको थियो । नाम वाचन गरिएकाहरुले मात्रै मनोनयन दर्ता गर्न भनेपछि अन्यले असन्तुष्टि जनाएका छन् । कतिपय महाधिवेशन बीचमै छाडेर पोखराबाट फर्किएका थिए ।

अध्यक्षमा दाबी गरेका माधव तिवारीले निर्वाचन लड्न नदिएको भन्दै संगठनबाट अलग हुने बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘अब संगठनविनाको पत्रकारिता गर्छु ।’

अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी टिम घोषणा गरिनु दुःखद भएको उनले बताएका छन् । सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्क्रिय रहने घोषणा गर्दछु । महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी अध्यक्ष मण्डलका अध्यक्ष एक्लैले टिम घोषणा गर्नु झन् दुःखद् छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै