होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्यायो : अष्टलक्ष्मी शाक्य
समाचार

सरकारले ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्यायो : अष्टलक्ष्मी शाक्य

  • नागरिक रैबार
सरकारले ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्यायो : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अलोकतान्त्रिक ढंगबाट आर्थिक वर्षको बीचमा ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्याएको बताइन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा पार्टीका तर्फबाट आफ्नो धारणा राख्दै सरकारले स्वेच्छाचारी ढंगबाट काम गरेको उनले बताइन् ।

‘रकमान्तर गरेर २३ सय वटा टुक्रे योजना ल्याएर स्वेच्छाचारी काम छ । सरकारले संविधान मान्नुपर्दैन । विधि मान्नुपर्दैन’ उनले भनिन् । ‘१० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइन्न् । यो सरकारको नीति हो । तर, यहाँ भयो त । संघीय सरकारले पनि भनेको छ नगर भनेर । तर सरकारले नीति नै बाझिने गरेर रकमान्तर गरेर हुन्छ’ उनले थपिन् ।

सरकारले ५ लाखको दरले योजना ल्याएर चुनाव खर्च बाँड्ने काम गरेको समेत उनले बताइन् । पार्टी निर्माणका लागि योजनाको नाममा सरकारले पैसा बाँडेको उनको आरोप छ । ‘के काम हुन्छ ५ लाखले । भोलि जनताको समक्ष जानुपर्दैन । के भन्छन् जनताले । कार्यकर्तालाई पैसा बाँडेर पार्टी बन्दैन । नेताको सक्रियताले पाटी बन्छ । तपाई आफै सक्रिय हुनुहुन्छ त किन त्यस्तो काम गर्नु हुन्छ । यस्तो बेतिथियुक्त काम नगर्नुस् ।’ उनले भनिन् ।

विज्ञापन

आर्थिक वर्षको बीचमा यसरी कार्यक्रम ल्याउन पनि नपाइने भएकाले सरकारले संविधानको पालना गरेर काम गर्नुपर्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै