होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका पहाडी जिल्लामा निगमकाे जहाज चल्न थाल्याे
समाचार

सुदूरपश्चिमका पहाडी जिल्लामा निगमकाे जहाज चल्न थाल्याे

  • नागरिक रैबार
सुदूरपश्चिमका पहाडी जिल्लामा निगमकाे जहाज चल्न थाल्याे

डोटी – सुदूरपश्चिमका तीन जिल्ला बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरूलाई सहज भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा निगमको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएपछि अहिले सेवा सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीको गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूको निर्देशनपछि यहाँका तीन जिल्लामा हप्तामा दुई पटक सोमवार र शुक्रवार नियमित उडान सुरु भएको छ र बाजुरामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेका छौँ ।’

विज्ञापन

निगमले सुदूरपश्चिमका तीन जिल्लामा हवाई उडान सुरु गरेपछि यात्रुहरूलाई सहज भएको र सङ्ख्यामा पनि वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ । यसअघि यात्रु अभाव र जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु सङ्ख्याका आधारमा उडान भर्दै आएका थिए ।

सुदूरपश्चिमकै बैतडीको पाटन विमानस्थलमा भने निगमले अहिलेसम्म पनि हवाई उडान सुरु गर्न सकेको छैन । यो विमानस्थलमा निजी क्षेत्रको समिट एअरले उडान गर्ने गरेको छ ।

घर छेउमै विमानस्थल भए पनि जहाज नआउँदा समस्या भोगिरहेका सुदूरपश्चिमका नागरिकहरू अहिले वायु सेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्न सहज भएको डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर साउदले बताउनुभयो । दिपायलसहित यहाँका अन्य जिल्लामा रहेका विमानस्थलहरूको थप विस्तार र स्तरोन्नतिका लागि मन्त्री आलेले बजेट विनियोजन गरी काम सुरु हुने प्रक्रियामा पुगेपछि नागरिकहरू खुसी भएका छन् ।

जहाज सञ्चालनमा आएपछि बिरामीदेखि अन्य नागरिकलाई यात्राका लागि सहज भएको अछामकासञ्चारकर्मी विष्णु भण्डारीले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार