होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम […]
स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्षातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३ का आधा दर्जन गाउँ काकाकुल हुन्छन् । धारामा पानी नआएपछि तीन घण्टा […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको साँखेमा निर्मित उक्त सबस्टेसनको शनिबार बिहान उद्घाटन गरिएको हो । तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा […]
धनगढी : गत फागुन २६ गते कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ की २ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार भयो। ज्यालादारी गर्ने बुवा काममा निस्केको र आमा कोठामा खाना पकाइरहेको मौका छोपेर ५६ वर्षीय पुरुषले बालिकामाथि यौन दुर्व्यवहार गरे। बालिकालाई ललाइफकाई ती व्यक्तिले यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले […]
काठमाडौं, ४ चैत्र । एमसीसी सदनबाट पारित हुँदा चर्को विरोध गर्ने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पनि समर्थनमा देखिन पुगे । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने पक्षमा पुगेको सन्देश दिएपनि यसका पछाडि बाह्य दबाब पनि कारण बनेको छ । प्रचण्डले […]
निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । आयोगले बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ । जसअनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा […]
धनगढी : सेती अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको छ। बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सेती प्रादेशिक अस्पतालसहित सुदूरपश्चिमका अन्य अस्पतालमा व्यवस्थापन समितिमा नियुक्ति दिएको हो। डोटी अस्पताल बाहेकका अन्य अस्पतालमा व्यवस्थापन समिति नियूक्त गरेको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन्। प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल […]
रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान […]
काठमाडौं। सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । नेपालमा टाइफइडविरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप […]
काठमाडौँः सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेको छ। ‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ मा प्रत्येक म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराइने उल्लेख छ। ‘म्यादी प्रहरीले नेपाल प्रहरीले प्रयोग गर्ने बेतको लाठी पोसाकको अंगका रूपमा प्रयोग गर्ने छन्’ भनिएको छ। तर, बेतको लाठीका लागि […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ ।बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सातवटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल […]
रुकुम पश्चिम — सदरमुकाम मुसीकोटमा आयोजना हुने विभिन्न मेला, पर्व, भेला र सम्मेलनहरूमा ६१ वर्षीया पुतला दमाईंसहित हीरा परियार, कमला नेपाली, कुमारी नेपालीलगायत महिलाले बाजा बजाउने जिम्मा पाउँछन् । बाँफिकोट गाउँपालिका–२ का काली परियार, सुन्पा परियार, लालमाया परियारलगायतले पनि पालिकास्तरमा हुने कार्यक्रममा पञ्चेबाजा बजाउँदै आएका छन् । पुरुषहरूले मात्रै बाजा बजाउने मान्यता तोडेर यी दुई समूहमा आबद्ध […]
काठमाडौँ — संघीय राजधानी काठमाडौंसहित वाग्मती, प्रदेश १ र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लासम्मै प्रि–मनसुनी गतिविधि देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले स्थानीयस्तरमा विकसित भएको मौसमी गतिविधिका कारण देशका धेरै स्थानमा सामान्य वर्षा भएको बताइन् । ‘यो प्रि मनसुनको सिजन हो, अब छिनछिनमा बादल बन्ने र हल्का वर्षा हुने गतिविधि सुरु […]
काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए । उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका प्रमुख सचेतक […]
काठमाडौं, २ चैत । नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन । जिल्ला सभापतिमा अधिकांश खस आर्य निर्वाचित भएका छन् । महिला र थारु समुदायबाट शून्य प्रतिनिधित्व छ । […]
काठमाडौंः राजनीतिक दलको सदस्यता लिएका व्यक्तिले म्यादी प्रहरीको आवेदन दिन नपाउने भएका छन्। स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले मंगलबार १ लाख म्यादी प्रहरीका लागि दरखास्त अह्वान गरेको छ।वैशाख ३० गते हुने निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। १८ वर्षदेखि ५४ वर्ष उमेरका नेपाली नागरिकले म्यादी प्रहरीका आवेदन दिन सक्ने […]
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् ।भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए । सिक्री […]
काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट […]
धनगढीः अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुर्याए। उनले चिसापानी–जंगलघाट–मंगलसेन सडक मार्गहुँदै जीप अछामसम्म पुर्याएका थिए।श्रमदानमा अछाम सदरमुकाम मंगलसेनमा जीप पुगेको ५४ वर्षपछि सडकको ट्र्याक निर्माणको काम पूरा भएको छ। २०२८ सालबाट सुरु भएको सडक निर्माणको काम चालु आर्थिक वर्षमा सकिएको हो। ५० वर्षमा एक सय १० […]
लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, […]