होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो। आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ। […]
काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, […]
युवा तथा खेलकुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताए । पारित बुँदामा युवा तथा खेलकुद क्षेत्रको बजेट वृद्धिका लागि पहल गर्ने, खेल पूर्वाधारसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गर्ने, […]
सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ। गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र […]
काठमाडौं, १२ चैत । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित […]
धनगढी: कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ । फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले […]
काठमाडौँ — जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातीक आक्रमण गरेको आरोप लगाएको छ । शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रमुख सचेतक साहमाथि एमालेका कार्यकर्ताहरूले आक्रमण गरेको […]
काठमाडौं । काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई […]
बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका-१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका- ९ की आकृति खनाल रहेका […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ ।यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो । बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन […]
पोखरा — लागूऔषध दुर्व्यसनलगायत मुद्दामा पक्राउ परी सजाय भोगेका व्यक्तिले कास्की जिल्ला अदालत तोडफोड गरेको पाइएको छ । पोखरा-१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) लाई प्रहरीले बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । मंगलबार राति अदालतको एक र ६ नम्बर इजलास कक्षको ढोका र दराज फोरेर मिसिल र अन्य महत्त्वपूर्ण कागजात चलाएको […]
धनगढी । नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् ।कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् । प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एक दिने औपचारिक भ्रमणका लागि जाँदै हुन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् । भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन […]
धनगढी : सुदूरपश्चिमको डडेल्धुरामा आयोजित पत्रकार महिलाहरुको प्रदेश भेला बुधबार सम्पन्न भएको छ। पत्रकार महिलाहरुको क्षमता विकासको उद्देश्यका साथ आयोजना गरिएको उक्त भेला १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो। भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता, पेशागत स्थायित्व, दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप विषयगत तालिम सञ्चालन, सम्पूर्ण सञ्चार गृहमा […]
काठमाडौं । आज मौसममा सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । यो समय तापक्रम बढ्ने क्रममा रहेको र […]
काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ ।दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् । सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य […]
चैत, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज (बिहीबार) गृह जिल्ला चितवन आएका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अहिले पनि गठबन्धन भइरहेको र तीन तहकै चुनावमा हुने बताएका हुन् । ‘गठबन्धन […]
नेकपा माओवादी केन्द्रको चुनावी अभियानअन्तर्गत जारी विशेष प्रशिक्षण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सबै प्रदेशमा प्रशिक्षण तथा भेला सम्पन्न गरिसकेको माओवादीले बुधबार प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रम राखेको छ । माओवादी केन्द्रका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रवासमा रहेका नेता कार्यकर्ताका लागि बुधबार साँझ भर्चुअल माध्यममार्फत अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको […]
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्। उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले […]