होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादीको उम्मेदवारी दर्ता
देश/प्रदेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादीको उम्मेदवारी दर्ता

  • नागरिक रैबार
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादीको उम्मेदवारी दर्ता

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता भएको छ ।

मेयर पदमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा (बीएम)ले उम्मेदवारी दर्ता गराएका हुन् । नेता, कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

वादीले वीरेन्द्र बीएमको समर्थन र सुन्दर शर्माको प्रस्ताव तथा शर्माले ध्रुव बुढाथोकीको समर्थन र मनसरा मल्ल शर्माको प्रस्तावमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विज्ञापन

माओवादी केन्द्रको पकड रहेको चौरजहारीमा माओवादी केन्द्रले कुनै पनि दलसँग तालमेल गरेको छैन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवै पद माओवादी केन्द्रले जितेको थियो । चौरजहारी नगरपालिकाका १४ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्रले, ३ वटा वडा कांग्रेसले र एउटा वडा नेकपा एमालेले जितेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार