होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिम प्रदेशको बेरुजु रकम झन बढेको पाइएको छ। महालेखापरीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ अनुसार यो प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख रुपियाँ पुगेको छ। महालेखापरीक्षकले आर्थिक वर्ष २०७७–७८ को वार्षिक खर्चको लेखापरीक्षण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो। गत वर्षसम्म यो प्रदेशको बेरुजु रकम एक अर्ब २३ करोड तीन लाख १० […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ । जसमध्ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना […]
पछिल्लो दुई सातायता कोरोना संक्रमण दर तीन गुणा बढेको छ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा ४३ हजार ४३९ जनाको परीक्षण गरिएकोमा १६५५ जनामा संक्रमण पुष्टि भएको छ। यो भनेको ३.८ प्रतिशत संक्रमण दर हो। जबकि त्यसअघि संक्रमण दर जम्मा १.१७ प्रतिशत थियो। असार १ देखि १५ गतेसम्म कुल ४१ हजार २२४ जनाको परीक्षण गर्दा […]
गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले संविधानको भावना अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे । उनले यसअघि २ वर्ष लगाएर राज्य व्यवस्था तथा […]
मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चामल, स्वास्थ्य सामग्रीलगायत राहत वितरण गर्न १२ पटक नेपाली […]
बाजुरा। बाजुराको बुढीनन्दा–६ की मनीषा भण्डारीलाई असार १७ को राति ११ बजेतिर सुत्केरी बेथाले च्याप्यो । उनी छटपटाइन् । तर मध्यरात, अविरल झरी, त्यसमाथि स्वास्थ्यचौकी टाढा । परिवारका सदस्यले भोलिपल्ट बिहान मात्रै गाउँनजिकको कोल्टी स्वास्थ्य केन्द्र पुर्याए । स्वास्थ्य केन्द्रले अवस्था जटिल भएको भन्दै अन्तै लैजान सुझायो । पाँच घण्टा दूरीमा सदरमुकाम मार्तडी तर निरन्तरको झरीका कारण बाटो पनि बन्द […]
सुर्खेत । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका-0१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो । राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी […]
काठमाडौं । अमेरिकाले बालबालिकाका लागि कोरोना विरूद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन उपलब्ध गराएको छ । ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन बिहीबार बेलुकी नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड–१९ […]
नागरिक रैबार/३०असार, बाजुरा । बाजुरा जिल्ला साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । जिल्लाका ९ओटै स्थानिय तहका प्रमुख तथा शिक्षा संग संबंधित सरोकारवालाहरुको उपस्थितिमा साक्षर नेपाल बर्ष २०७६ को अवधारणा पत्र बमोजिम बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहले विभिन्न मितिमा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफ्रिङ लिएका छन् । जनार्दन शर्माको राजिनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ […]
नागरिक रैबार/ असार ३० बाजुरा । बडिमालिका नगरपालिका वडा न ७ जिल्लीका ४ बालबालिका भारतको सिम्ला भन्ने ठाउँमा अलपत्र परेका छन । उनीहरुको आमाको ४ बर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो। उनीहरुका बुवाको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकि बिरामी हरिभानले चार छोराछोरी बोकेर सिम्ला स्याउ टिपेर छोराछोरी पाल्ने र उपचार गर्न भनेर […]
कञ्चनपुर: कञ्चनपुरमा दिनदहाडै एक घरमा लुटपाट भएको छ। बुधबार दिउँसो भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले गीता चन्दको घरमा लुटपाट गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन्। भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर […]
बाजुरा । कुपोषणग्रस्त रहेको बाजुराको मुक्तिकोट गाउँसहित स्वामिकार्तिक खापर गाउँपालिकामा आपत्कालीन पोषण कार्यक्रम लागू भएको छ । पालिकाभरिका ६ महिनादेखि २३ महिना सम्मका बालबालिका, स्तनपान गराइरहेका र गर्भवती महिलालाई कुपोषणबाट बचाउन यो कार्यक्रम सुरु भएको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको विश्व खाद्य कार्यक्रमले यो परियोजना लागू गरेको छ । कार्यक्रमको कार्यान्वयन गैरसरकारी संस्था एकीकृत विकास समाज (आईडीएस) […]
धनगढी — आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट बुधबार राति बहुमतले पारित गरेको छ । बैठक सुरु भएकै दिनमा सभामा बजेटमाथिको छलफल र बजेटसँग सम्बन्धित विभिन्न विधेयकहरू पारित गरिएका हुन् । बजेट प्रस्तुत गरेयता २८ दिनसम्म बस्न बैठक बस्न सकेको थिएन । बुधबार सरकारले प्रतिपक्षी दलहरूसँग बजेटमा भएका त्रुटी सच्याउन १४ बुँदे लिखित सहमति गरेसँगै […]
काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् । गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने […]
‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएको छ । देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा बस सेवा दिने भएको छ । विद्यालयहरु आपसमा गाभिँदा बालबालिकालाई टाढा पर्ने भएकाले बस सेवा दिने तयारी गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘स्कुल मर्ज त भयो । तर, विद्यालय टाढा […]
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तहमा ४३ अर्ब ९० करोड, ९५ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा थपिएको ४३ अर्ब बेरुजु समेत गरेर अब स्थानीय तहको बेरुजु रकम एक खर्ब ३६ अर्ब ३२ करोड २४ लाख पुगेको छ । गत आर्थिक वर्ष ०७७/०७८ महालेखा […]
धनगढीः सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल सुरु भएको छ। प्रतिपक्षी दल र सरकारबीच सहमति भएसँगै संसद्मा छलफल सुरु भएको हो। प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले सरकारसँग १४ बुँदे माग राखेर सहमति गरेपछि बहिस्कार गरिरहेको बैठकमा छलफल थालिएको नेताहरुले बताएका छन्। प्रतिपक्षको १४ बुँदामा सुशासन ऐन २०७५ बाहेकका योजनाहरू कटौती गर्ने उल्लेख गरिएको छ। प्रदेश […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । […]