होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली बाहेक अरुले नागरिकता पाउने छैनन् : गृहमन्त्री खाँण
समाचार

नेपाली बाहेक अरुले नागरिकता पाउने छैनन् : गृहमन्त्री खाँण

  • नागरिक रैबार
नेपाली बाहेक अरुले नागरिकता पाउने छैनन् : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले संविधानको भावना अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे ।

उनले यसअघि २ वर्ष लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पास गरेको विधेयकको जगमा अहिलेको विधेयक बनेको उल्लेख गरे । मन्त्री खाँणले केपी ओली सरकारले परिस्थिति बस अध्यादेश ल्याएको तर सर्वोच्च अदालतले सदनमा फर्काइदिएको स्मरण गराउँदै अदालतको फैसला र अघिल्लो विधेयकको आधारमा अहिलेको विधेयक ल्याइएको बताए । अघिल्लो विधेयकमा रहेका महत्वपूर्ण विषयवस्तु अहिलेको विधेयकमा समावेश गरिएको उनको भनाई छ ।
परिस्थितिका कारण सरकारले विधेयक अघि बढाएको र त्यसबारेमा सांसदहरुले समान धारणा राखेको उनले बताए । उनले भने –‘कुनै पनि गैर नेपालीले नागरिकता नपाओस्, नेपाली नागरिक नागरिकताबाट बञ्चित नहोस्, कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गरिनेछैन भन्ने संविधानको अवधारणा रहेको छ । त्यसै अवधारणामा उभिएर नै यो विधेयक बनाइएको छ ।’

उनले हिमाली भेगमा जनताले कठिन भूभागमा बसेर यो हिमाल हाम्रो हो, यो हिउँ हाम्रो हो भनेर उत्तरी क्षेत्रको सीमा रक्षा गरेको बताए । यस्तै महाकालीका किनारमा रहेका जनताले त्यहाँको बगर भूभागको रक्षा गरेको, मधेसका दाजुभाईको प्रयत्नले त्यहाँको भूगोलको रक्षा भएको बताए । उनीहरुकै कारण सदियौंदेखि उनीहरुले नेपालको स्वाधिनता जोगिएको बताए । नागरिकता तिनै नेपालीहरुले नै पाउने भएकोले विधेयक अघि बढाइएको उनको भनाई छ ।
मन्त्री खाँणले संविधानको भावनाअनुसार नै नागरिकता विधेयक ल्याइएको उल्लेख गर्दै संविधान धर्मग्रन्थअनुसार अपरिवर्तनीय नभएकोले आवश्यकताअनुसार परिवर्तन गर्दै जाने बताए ।

विज्ञापन

यसअघि प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिमा २२ महिनामा ३४ वटा बैठक बसेर नागरिकतासम्बन्धी विधेयक पास भएको थियो । सो विधेयकलाई लत्याउँदै सरकारले अर्को विधेयक संसदमा प्रस्तुत गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार