होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • कलाकार जोगिन्दरले ल्याए गाईजात्रे कोसेली ‘गठबन्धन’
भिडियो

कलाकार जोगिन्दरले ल्याए गाईजात्रे कोसेली ‘गठबन्धन’

  • नागरिक रैबार
YouTube Video Preview

‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएको छ ।

देशको सामाजिक, राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रसिया युद्ध लगायत निकै मार्मिक विषयहरु उनले यो बर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन् ।

भरपूर प्रहसन समेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसी लगायतलाई व्यङ्ग्यको बिषयमा समेटेका छन् ।

विज्ञापन

ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंको अलवा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेम शर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।

‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको हो । विगत दुई दशकभन्दा लामो समयदेखि गाई जात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । यो भन्दा अगाडि उनले ल्याएको उनले ‘लकठाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मन पराइएको थियो । यसपालिको कोसेली पनि दर्शकले रुचाउने उनको विश्वास छ ।

गाईजात्रा हामी हास्य कलाकारको लागि एउटा महान पर्व तथा उत्सव भएकोले लामो समयदेखि यो पर्वमा नियमित व्यङ्ग्यका कोसेली ल्याउने गरेको रिजालले बताए । ‘पहिले यो पर्वमा थुप्रै व्यङ्ग्यका कोसेली आउँथ्यो । अहिले आउँदैन’ रिजालले भने ‘परम्पराको निरन्तरता र सर्वसाधारण सुसज्जितका लागि म भने कोसेली नियमित बनाउने गरेको छु ।’ गाइ जात्रामा ब्यङ्ग्य गर्न छुट भएकोले पनि अन्य समय भन्न नसकिएका बिषय व्यङ्ग्यका रुपमा ल्याउने गरेको रिजालको भनाई रहेको छ ।

वि.सं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे कोसेली बजारमा ल्याउने गरेका रिजाल गाई जात्रामा हास्य व्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्छन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामयिक बिषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको रिजालले सुनाए ।

(689) Jogindar Paanwala Gaijatra – 2079 (जोगिन्दर पानवाला गाईजात्रा – २०७९) || GATHABANDHAN “गठबन्धन” 2079 – YouTube

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार