होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु
समाचार

जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

  • नागरिक रैबार
जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

सुर्खेत । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका-0१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो ।

राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।

उनका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् ।

विज्ञापन

तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।

पानीको फ्लो बढ्दा एक्कासी घर भासिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी टोली राति ४ बजे नै घटनास्थलमा पुगेको थियो ।

शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रजिअ रिजालले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार